शाओमीले रेडमी गो स्मार्टफोनको मूल्य घटायो, अब ७,९९९ रुपैयाँमै उपलब्ध

Technology Khabar १५ पुष २०७६, मंगलवार

शाओमीले रेडमी गो स्मार्टफोनको मूल्य घटायो, अब ७,९९९ रुपैयाँमै उपलब्ध

काठमाडौं ।

काठमाडौं । शाओमी नेपालले बजारमा बजेट स्मार्टफोनको रुपमा सार्वजनिक गरेको रेडमी गो स्मार्टफोनको मूल्यमा कटौती गरेको छ ।

कम्पनीले अंग्रेजी नयाँ वर्षको अवसर पारेर शाओमी रेडमी गोको मूल्य घटाएको हो । नेपाली बजारमा करिब १ वर्षअघि सार्वजनिक गरिएको सो स्मार्टफोनको मूल्य सो समयमा ८ हजार ९९९ रुपैयाँ तोकिएको थियो ।

गूगलको एन्ड्रोयड गो एडिसनमा आधारित बजेट स्मार्टफोन रेडमी गोको १जीबी र ८जीबी स्टोरेज अप्सनको नयाँ मूल्य ७ हजार ४९९ रुपैयाँ तोकिएको छ । त्यसैगरि १ जीबी र्याम र १६ जीबी स्टोरेजको मूल्य ७ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १५ पुष २०७६, मंगलवार