एन्ड्रोयड गोमा आधारित साओमीको ‘रेडमी गो’ सार्वजनिक, मूल्य ९ हजार रुपैयाँ मात्र

Technology Khabar १३ फाल्गुन २०७५, सोमबार

एन्ड्रोयड गोमा आधारित साओमीको ‘रेडमी गो’ सार्वजनिक, मूल्य ९ हजार रुपैयाँ मात्र

काठमाडौं ।

काठमाडौँ । साओमीले नेपालमा पहिलो पटक एन्ड्रोयड गो (AndroidTM Go) मा आधारित स्मार्टफोन रेडमी गो (Redmi Go) प्रस्तुत गरेको छ ।

अति उपयोगी सफ्टवेयर तथा दक्ष हार्डवेयर भएको बजेट स्मार्टफोन रेडमी गो बजारमा ८ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

एन्ड्रोयड गो कार्यक्रम गुगलले २०१७ सालमा सुरू गरेको थियो र यसलाई बजारमा ल्याउने बित्तिकै नै प्रविधिको बजारमा नयाँ प्रभावकारी मोड आएको छ। रेडमी गो एन्ड्रोयड ८.१ ओरियो Android™ 8.1 Oreo™ (Go edition) अपरेटिङ प्रणालीमा काम गर्छ । यसमा भएका एपहरू स्टोरेज कम खाने र डेटाको प्रयोग कम गर्ने हिसाबले निर्माण गरिएको कम्पनीले जानकारी दिएको छ ।

‘साओमी नेपालमा प्रस्तुत भएदेखि नै सर्वत्र रूपमा माया र सरोकार पाइरहेको छ जसका लागि हामी सबै एमआई फ्यानप्रति आभारी छौँ। भर्खरै आएको सस्तो र राम्रो रेडमी गोसँगको अनुभव प्रभावकारी रहने आशा हामीले राखेका छौँ । सबै प्रयोगकर्ताहरूसमक्ष नयाँ प्रविधिको अनुभव पुर्‍याउने यो हाम्रो प्रयास पनि हो,’ नेपालका लागि प्रबन्धक सौरभ कोठारीले भने ।

रेडमी गोको नयाँ एन्ड्रोयड फोनमा ५ इन्चको एचडी डिस्प्ले, क्वालकम स्न्यापड्रागन ४२५ चीपसेटको साथमा ३००० एमएएच ब्याट्री राखिएको छ । त्यसैगरि ८ मेगापिक्सेलको मुख्य क्यामरा छ भने ५ मेगापिक्सेलको सेल्फी फ्रन्ट क्यामरा राखिएकोछ । ड्यूल सिम स्लट भएको रेडमी गोमा ८ जीबीको आन्तरिक स्टोरेज छ, जसलाई माइक्रोएसडी कार्डद्धारा १२८ जीबीसम्म स्टोरेज बढाउन सक्नेछ ।

रेडमी गो कालो र नीलो रंगमा उपलब्ध छ भने यो फोन मार्च ३ तारिखदेखि अफलाइन स्टोरहरु र दराज डटकममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १३ फाल्गुन २०७५, सोमबार

ताजा समाचार