आइफोन अन्य स्मार्टफोनको तुलनामा १६७ गुणा बढि ह्याक हुने जाेखिम: रिपोर्ट

Technology Khabar १४ पुष २०७६, सोमबार

आइफोन अन्य स्मार्टफोनको तुलनामा १६७ गुणा बढि ह्याक हुने जाेखिम: रिपोर्ट

काठमाडौं ।

काठमाडौं । हालैको एक अध्ययनले एप्पलको आइफोन ह्याकरको निसानामा रहेको देखिएको छ। अन्य एन्ड्रोयड स्मार्टफोनहरुभन्दा एप्पलको आइफोनलाई बढि सुरक्षित मानिन्छ । तर अधिकांशले भने आइफोन ह्याक गर्ने प्रयास गरिरहेका छन् ।

बेलायतमा आधारित फोन केस कम्पनी केस२४ डटकम (Case24.com)ले गरेको अनुसन्धानले भने अचम्मको तथ्य सार्वजनिक गरेको छ । जसमा अन्य स्मार्टफोन ब्राण्डहरुभन्दा आइफोनहरु ह्याक गर्न चाहनेहरु १६७ गुणा अधिक रहेको छ ।

उनीहरुको अध्ययनबाट आइफोन प्रयोगकर्ता स्मार्टफोन प्रयोगकर्ताको तुलनामा १६७ गुणा बढी ह्याकरको निसानामा रहेको देखिएको हो।
अन्य स्मार्टफोन प्रयोगकर्ताको तुलनामा आइफोन प्रयोगकर्तामाथि ह्याकरको चासो १६७ गुणा बढि रहेको देखिएको हो।

हरेक महिना गुगल सर्चमा गरिएको अध्ययनको आधारमा उक्त तथ्याङ्क विश्लेषण गरिएको हो। यसमा गुगलमा स्मार्टफोन ब्राण्ड वा एप ह्याक गर्न सर्च गरिएको यूजर्सको संख्याको आधारलाई लिईएको छ ।

अध्ययनमा ह्याकरहरु कसरी विभिन्न ब्रान्डका स्मार्टफोन ह्याक गर्न खोजिरहेका छन् भन्ने खोजिएको थियो।

कम्पनीकाअनुसार बेलायतमा १० हजार ४० यूजर्सले कसरी आइफोन ह्याक गर्ने भन्ने खोजी गरेका थिए । जुन अर्को स्मार्टफोन ब्राण्ड सामसङभन्दा निकै बढि हो। ह्याकरले सामसंग ह्याकगर्नका लागि जम्मा ७ सय सर्च गरेका थिए र सामसङ मोबाइल ह्याकरको निसानामा दोस्रो टार्गेट रहेको रिसर्चमा देखिएको छ।

अध्ययनअनुसार ह्याकरले एलजी, नोकिया र सोनी जस्ता स्मार्टफोनलाई भने खासै ह्याक गर्न नचाहेको देखिएको छ। र ती स्मार्टफोनहरुको बारेमा गरिने सर्च पनि निकै न्यून छ ।

यस्ता स्मार्टफोनहरु भने जम्मा एक सय भन्दा कम पटक ह्याक गर्ने टार्गेट गरेको पाइएको थियो। उदाहरणका लागि कसरी सोनी स्मार्टफोन ह्याकगर्ने भनेर सर्च गर्ने मानिसहरुले केबल ५० वटा मात्रै सर्च गरेका थिए ।

तर एप्स ह्याकिंगको सर्च हेर्दा यो संख्या १२ हजार ३ सय १० रहेको थियो । जसले अन्य कसैको इन्स्टाग्राम ह्याकिंग गर्ने तरीका खोजेका थिए भने स्न्यापच्याट यसको दोस्रो स्थानमा थियो ।

अध्ययनअनुसार नेटफ्लिक्स एकाउन्ट भन्दा १६ गुणा अधिक पटक इन्स्टाग्राह ह्याक हुने संभावना देखिएको थियो ।

यो अध्ययन गर्ने अनुसन्धानकर्ताहरुले भने आइफोन ह्याक गर्दा हुने जोखिम र खतराजन्य तत्वहरुको बारेमा भने बताएका छैनन् । एजेन्सी

easy care

प्रकाशित: १४ पुष २०७६, सोमबार

ताजा समाचार