एनसेलले २१ अर्ब १० करोड रुपैयाँ बाँकी पुँजीगत लाभकर तिरे पुग्ने, आयो सर्वोच्च अदालतको पूर्ण पाठ

Technology Khabar ५ मंसिर २०७६, बिहीबार

एनसेलले २१ अर्ब १० करोड रुपैयाँ बाँकी पुँजीगत लाभकर तिरे पुग्ने, आयो सर्वोच्च अदालतको पूर्ण पाठ

काठमाडौं ।

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले सरकारलाई २१ अर्ब १० करोड ३९ लाख रुपैयाँ मात्र बाँकी लाभकर तिरे पुग्ने भएको छ । सर्वोच्च अदालतले एनसेलको लाभकर विवादसम्बन्धी मुद्धाको पूर्ण पाठ सार्वजनिक गर्दै सो निर्णय गरेको हो ।

एनसेलले ठूला करदाता कार्यालयले आफूलाई निर्धारण गरेको कर गैरकानूनीरुपमा गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो । सोहि निर्णयको पूर्ण पाठअनुसार अब एनसेलले केबल २१ अर्ब १० करोड ३९ लाखरुपैयाँ मात्र कर तिर्ने पुग्ने भएको हो ।

एनसेलले टेलियासोनेराले शेयर बिक्री गरेबापतको लाभकर तिर्नुपर्नेमा आफूलाई कर लगाईएकोले सो निर्णय खारेज गर्नुपर्ने दाबी गरेको थियो ।

सर्वोच्चले यसअघि नै ठूला करदाता कार्यालयले निर्धारण गरेको करलाई बदर गर्दै करमा १७ अर्ब ९५ करोड रुपैयाँ छुट गरेको हो ।

यसअघि ठूला करदाता कार्यालयले एनसेललाई जरिवानासहित ६२ अर्ब ६३ करोड रुपैयाँ पुँजीगत लाभकर निर्धारण गरेको थियो । जसमा एनसेलले आफूले २३ अर्ब ५७ करोड रुपैयाँ तिरिसकेको भन्दै बाँकी रकम तिर्न नपर्ने दाबी गर्दै मुद्धामा गएको थियो ।

तर अब भने एनसेलले २१ अर्ब १० करोड ३९ लाख रुपैयाँ तिर्नुपर्नेछ भने यसमा ब्याज थप जोडिनेछ ।

पाँचजना न्यायाधिसको पूर्ण इजलासले गरेको सो निर्णयको पूर्णपाठमा भने न्यायाधीश सुष्मालता माथेमाले फरक मत राखेकी छन् ।

Ncell फैसला 2nd
easy care

प्रकाशित: ५ मंसिर २०७६, बिहीबार

ताजा समाचार