संचार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा दिपक सुवेदी नियुक्त

Technology Khabar ३ मंसिर २०७६, मंगलवार

संचार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा दिपक सुवेदी नियुक्त
तस्वीर: सचिव दिपक सुवेदीको फेसबुकबाट

काठमाडौं ।

काठमाडौं । नेपाल सरकारले संचार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा दिपक सुवेदीलाई नियुक्त गरेको छ । नव नियुक्त सचिव सुबेदीले बुधबारदेखि मन्त्रालयमा आफ्नो पदभार सम्भाल्ने छन् ।

प्रदेश नम्बर २ मा प्रमुख सचिवको रुपमा कार्यरत रहेका सचिव सुवेदीलाई सरकारले केन्द्रमा ल्याएर संचार मन्त्रालयमा  नियुक्त गरेको हो। उनको नियुक्तीको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नेपाल सरकारका सचिवहरुको सूचीमा राखेर अपडेट गरिसकेको छ ।

सचिव सुवेदी यसअघि बाणिज्य तथा आपूर्ति मन्त्रालय, स्थानिय विकास, निर्वाचन आयोग, रक्षा मन्त्रालयलगायतका कार्यालयहरुमा सहसचिवको रुपमा कार्यरत रहेका थिए ।

संचार मन्त्रालयमा नव नियुक्त सचिव सुवेदीले बुधबारदेखि मन्त्रालयमा हाजिर हुने र कामहरु अगाडी बढाउने टेक्नोलोजीखबरलाई जानकारी दिए ।

यसअघिका सचिव महेन्द्र मान गुरुङ्गले कात्तिक २० गतेदेखि मन्त्रालयको सचिव पदबाट अवकास पाएपछि संचार मन्त्रालयको सचिव पद रिक्त रहेको थियो ।

easy care

प्रकाशित: ३ मंसिर २०७६, मंगलवार