गूगल म्यापमा जोडियो नयाँ फीचर, विदेशी स्थान र ठेगानाहरु यूजर्सको भाषामै सुनाउन सक्ने

Technology Khabar २९ कार्तिक २०७६, शुक्रबार

गूगल म्यापमा जोडियो नयाँ फीचर, विदेशी स्थान र ठेगानाहरु यूजर्सको भाषामै सुनाउन सक्ने

काठमाडौं ।

काठमाडौं । गूगल म्यापमा नयाँ ट्रान्सलेसन फीचर थप भएको छ, जसअन्तरगत फोनलाई स्थानिय भाषामा स्थानको नाम र ठेगानाहरुको बारेमा बताउने अनुमति दिन्छ ।

गूगल म्यापको यो नयाँ फीचरले विशेषगरि यात्रा गर्न रुचाउने मानिसहरुलाई स्थानियबासीहरुसँग कुराकानी गर्न सहयोग गर्दछ ।

यो नयाँ फीचर यहि महिना एन्ड्रोयड र आईओएसमा आउनेछ भने यसमा ५० वटा भाषाहरु जोडिनेछन् । थप भाषाहरु भने पछि जोडिनेछन् ।

गूगल ब्लगकाअनुसार यसको लागि स्थानहरुको नाम र ठेगानाहरुको छेउमा देखिने नयाँ स्पीकर बटनमा सामान्यरुपमा ट्याप गर्नुपर्नेछ, त्यसपछि गूगल म्यापले त्यो जानकारीलाई ठूलो स्वरमा बताउने छ । यसले गर्दा स्थानिय भाषा थाहा नहुने यात्रुले पनि सजिलै सो स्थान पुग्न सक्नेछ ।

गूगल म्यापले तपाईँलाई छिटै गूगल ट्रान्सलेसन एपमा जोड्दैछ, गूगल ब्लग पोस्टमा भनिएको छ ।

यसको अतिरिक्त टेक्स्ट-टू-स्पीच टेक्नोलोजीले स्वचालितरुपमा फोनमा कुन भाषाको प्रयोग गरिएको छ र यूजरले कुन स्थानको यात्रा गर्न चाहेको छ भन्ने जानकारी हासिल गर्नेछ । तर एउटै भाषा फोनमा भएको र स्थानियमा भएको बेलामा भने यो फीचर नदेखिन सक्नेछ ।

easy care

प्रकाशित: २९ कार्तिक २०७६, शुक्रबार

ताजा समाचार