ह्वावेले यो वर्षको दुई महिना बाँकी हुँदै २० करोड स्मार्टफोन बेच्यो, मेट एक्स नोभेम्बर १५मा आउने

Technology Khabar ७ कार्तिक २०७६, बिहीबार

ह्वावेले यो वर्षको दुई महिना बाँकी हुँदै २० करोड स्मार्टफोन बेच्यो, मेट एक्स नोभेम्बर १५मा आउने

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी ह्वावेले सन् २०१९ मा २० करोड स्मार्टफोनहरु आपूर्ति गरिसकेको बताएको छ ।

कम्पनीले यो वर्ष सकिन अझै २ महिना बाँकी रहँदा नै गत वर्ष शिपमेन्ट गरेअनुसार नै संख्यामा शिपमेन्ट गर्नु निकै महत्वपूर्ण हो । यसअघि सन् २०१६ अक्टोबरमा ह्वावेले १० करोडको संख्या नघाएको थियो ।

गएको अगस्टमा अमेरिकी सरकारले ह्वावे टेक्नोलोजीजलाई प्रतिबन्धित सूचीमा समावेश गरेको थियो । जसले अमेरिकी बजारमा कारोबार गर्न पाउँदैन् । यसका साथै अमेरिकामा आधारित कम्पनीहरुसँग समेत व्यवसाय गर्न रोक लाग्दछ ।

अमेरिकी प्रतिबन्धका बाबजुद पनि कम्पनीले २० करोडको लक्ष्य हासिल गरेको हो ।

अमेरिकी प्रतिबन्धका कारण कम्पनीले गूगलका लाइसेन्सयुक्त सेवाहरु प्रयोगमा रोक लागेको छ । जसले गर्दा कम्पनीले आफ्ना नयाँ स्मार्टफोनहरुमा त्यस्तो सेवाहरु प्रयोग गर्न पाउँदैन् । गूगल सर्भिसेस प्ले स्टोर, यूट्यूब र अन्य आधारभूत कार्यप्रणालीको लागि महत्वपूर्ण छ ।

कम्पनीले आफ्नो बिक्रीको थप बिबरण दिएको छैन् । तर अधिकांश बिक्री विश्व बजारमा भन्दा पनि चीनभित्रैबाट भएको अनुमान गरिएको छ ।

कम्पनीले बुधवार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार निकै प्रतिक्षारत फोल्डेबल फोन मेट एक्सको उपलब्ध हुने समय र मूल्य पनि सार्वजनिक गरेको छ । कम्पनीकाअनुसार मेट एक्स ८ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य १६,९९९ यूआन अर्थात करिब २ लाख ७३ हजार रुपैयाँ तोकिएको छ । यो फोन आउँदो नोभेम्बर १५ तारिखदेखि बिक्री हुनेछ ।

easy care

प्रकाशित: ७ कार्तिक २०७६, बिहीबार

ताजा समाचार