एप्पलद्धारा भारतमा निर्मित आइफोन एक्सआर बेच्न शुरु, ६४ जीबी भर्सनको मूल्य भारु ४९,९००

Technology Khabar ५ कार्तिक २०७६, मंगलवार

एप्पलद्धारा भारतमा निर्मित आइफोन एक्सआर बेच्न शुरु, ६४ जीबी भर्सनको मूल्य भारु ४९,९००

काठमाडौं ।

काठमाडौं । एप्पलले भारतमा एसेम्बल गरिएको आफ्नो लोकप्रिय आइफोन एक्सआरको बिक्री शुरु गरेकोछ । कम्पनीले विश्वको दोस्रो ठूलो स्मार्टफोन बजारमा आफ्नो बजार हिस्सा बढाउन नयाँ बिक्रीले सहयोग गर्ने अनुमान गरेको छ ।

हाल भारतीय बजारमा एप्पलले सस्ता मूल्यका स्मार्टफोन ब्राण्डहरुसँग निकै कडा प्रतिस्पर्धा गरिरहेको छ ।

ताइपेईमा आधारित कन्ट्र्याक्ट म्यानुफ्याक्चरर फक्सकनको भारतमा रहेको फ्याक्ट्रिमा आइफोन एक्सआर एसेम्बल हुने गर्दछ । जसले गर्दा अमेरिकी टेक कम्पनी एप्पलले डिभाइस आयातमा लाग्दै आएको ठूलो कर बचाउन सफल भएको छ ।

एसेम्बल्ड इन इण्डिया ट्याग भएका आइफोन एक्सआरहरु भारतका अधिकांश इलेक्ट्रोनिक्स रिटेलरहरुकहाँ उपलब्ध भईसकेको छ । एप्पलले आइफोन एक्सआरको ६४ जीबी भर्सनको मूल्य भारु ४९,९०० तोकेको छ ।

कम्पनीले भारतमा आइफोन एक्सआरको मूल्य केहि कम गरेको छ जसले गर्दा आफ्नो सुस्त बिक्रीलाई उकास्न सकियोस ।

कम्पनीले प्रिमियम सेगमेन्टका आइफोनहरु पनि भारतमा एसेम्बल गर्ने तयारी गरिरहेको छ । एजेन्सी

easy care

प्रकाशित: ५ कार्तिक २०७६, मंगलवार

ताजा समाचार