भारतीय टेलिकम पूर्वाधारको आम्दानी सन् २०२३ सम्ममा ३१ हजार करोड भारु पुग्ने अपेक्षा

Technology Khabar २७ आश्विन २०७६, सोमबार

भारतीय टेलिकम पूर्वाधारको आम्दानी सन् २०२३ सम्ममा ३१ हजार करोड भारु पुग्ने अपेक्षा

काठमाडौं ।

काठमाडौं । भारतीय टेलिकम पूर्वाधारको आम्दानी सन् २०२३ सम्ममा २१,५०० करोड भारुदेखि ३१ हजार करोड भारुसम्म पुग्ने अनुमान गरिएको छ । हालै सार्वजनिक एक रिपोर्टकाअनुसार सूचना प्रविधिको क्षेत्रमा भएको पछिल्ला विकासहरुले गर्दा नयाँ बिजनेस मोडलहरुको लागि माग सिर्जना गर्ने कारणले आम्दानीमा वृद्धि हुने बताईएको छ ।

सन् २०२३ सम्ममा उल्लेखित आम्दानी रकम हासिल गर्नका लागि भारतीय टेलिकम पूर्वाधार क्षेत्रमा ६६ हजार करोड भारु देखि ९३ हजार करोड भारुसम्मको लगानी आवश्यक पर्ने ईवाई नामक अन्तराष्ट्रिय संस्थाले गरेको अध्ययनमा देखिएको छ ।

नयाँ अवसर लिनका लागि टावर लागतलाई राम्रोसँग व्यवस्थापन गरिएमा सन् २०२३ सम्ममा २१५ बिलियन भारुदेखि ३१० बिलियन भारुसम्म आम्दानी गर्न सक्दछ ।

भारतमा डाटाको बढदो माग र ५जी प्रविधि आउनै लागेको बेलामा सो उद्योगमा टावर कम्पनीहरुलाई अनेकौं अवसरहरु आएको छ, जसले माइक्रो टावरबाट आफ्नो ध्यान परिवर्तन गरेर फाइबर, साना सेलहरु, डाटासेन्टर वाईफाई र स्मार्ट सिटीहरुजस्ता नयाँ व्यवसायमा ध्यान केन्द्रित गर्नुपर्दछ । अध्ययन रिपोर्टमा भनिएको छ ।

भारतमा ४ वटा टेलिकम अपरेटरहरु मात्र रहने अनुमानको आधारमा सो अध्ययन गरिएको छ जसमा तीनवटा निजी कम्पनी र अर्को भारतीय सरकारको बिएसएनएल र एमटिएनएलको संयुक्त कम्पनी रहनेछ । सन् २०२३ सम्ममा डाटाको माग ५ गुणाले बढ्ने अनुमान गरिएको छ ।

अध्ययनअनुसार भारतमा अहिलेको अवस्थामा फाइबरको संभावना उल्लेख्य रहेको र आगामी दिनमा फाइबर राख्ने क्रममा १३.६ प्रतिशतको वृद्धि हुने अपेक्षा गरिएको छ । रिपोर्टअनुसार सन् २०२३ सम्ममा हालको १.५ मिलियन केबल किलोमिटरबाट बढेर २.८ मिलियन केबल किलोमिटर पुग्नेछ ।

वायरलेस, फाइबर टु दि होम र सामान्य पूर्वाधारहरुले फाइबरको माग बढाउने छ । फाइबरको वृद्धि सन् २०२० देखि वृद्धि हुनेछ र सन् २०२३ मा ५जी लन्च हुने अपेक्षाका साथ बढ्नेछ, रिपोर्टमा भनिएको छ । एजेन्सी

easy care

प्रकाशित: २७ आश्विन २०७६, सोमबार

ताजा समाचार