सेक्यूरिटी अफिसरको नियुक्तीले साइबर आक्रमणबाट हुने क्षति कमी ल्याउने– सर्वेक्षण

Technology Khabar २६ आश्विन २०७६, आईतवार

सेक्यूरिटी अफिसरको नियुक्तीले साइबर आक्रमणबाट हुने क्षति कमी ल्याउने– सर्वेक्षण

काठमाडौं ।

काठमाडौं । आन्तरिकरुपमा सेक्यूरिटी अपरेसन सेन्सर स्थापना गरेका इन्टरप्राइजेजहरुमा साइबर आक्रमणबाट हुने वित्तीय क्षतिलाई कम गर्न सफल भएको एक अनुसन्धानले देखाएको छ ।

साइबर सेक्यूरिटी कम्पनी कास्परस्की र मार्केट रिसर्च फर्म बिटूबी इन्टरनेशनलले संयुक्तरुपमा गरेको अध्ययनअनुसार इन्टरप्राइज लेभलका संस्थाहरुले औसतमा कुल लागतको आधा बचत गर्न सकेको देखिएको छ । कम्पनीहरुको कुल लागत १.४१ मिलियन डलरमध्ये ६ लाख ७५ हजार डलर वित्तीय हानी रोक्न सकेका थिए ।

सर्वेक्षणमा आधारित रिपोर्टअनुसार सेक्यूरिटीका लागि आउटसोर्सले वित्तीय असर गर्ने देखिएको छ, अझ त्यसमाथि कम्पनीले न्यून योग्यता भएको सब कन्ट्र्याक्टर छनौट गरेको खण्डमा थप समस्या हुने गरेको बताईएको छ ।

डाटा प्रोटेक्सन अफिसर नियुक्त गरेका साना कम्पनीहरुले डाटा ब्रिचबाट हुने हानीलाई कम गर्न सहयोग पुगेको थियो । सर्वेअनुसार विभिन्न साइजका ३४ प्रतिशत कम्पनीहरु जसमा त्यस्तो कर्मचारीहरु नियुक्त भएका थिए तीनिहरुले भने रकम भने गुमाएका थिएनन् ।

‘प्रत्येक वर्ष इन्टरप्राइजेजका लागि डाटा ब्रिच थप महंगो हुँदै गएको छ । सन् २०१९ मा यस्तो लागत १.४१ मिलियन डलर पुगेको छ,’ कास्परस्कीले भनेको छ ।

यसबाहेक ठूला संस्थाहरुले भने साइबर सेक्यूरिटीमा थप लगानी गरिरहेका छन् । यो वर्ष मात्रै इन्टरप्राइजेज आइटी सेक्यूरिटी बजेट सन् २०१८ को ८.९ मिलियनको तुलनामा बढेर १८.९ मिलियन डलर पुगेको छ । यो लागतमा आन्तरिकरुपमा कम्पनीहरुमा सेक्यूरिटी अफिसर नियुक्ती, आवश्यक टूल्स खरिद, प्रकृयाहरु खरिद र कर्मचारी विश्लेषणलगायत समावेश छन ।

easy care

प्रकाशित: २६ आश्विन २०७६, आईतवार

ताजा समाचार