एनसेलले ल्यायो दशैं अफर, ब्यालेन्स रिचार्ज गर्दा डेटा बोनस पाईने

Technology Khabar १७ आश्विन २०७६, शुक्रबार

एनसेलले ल्यायो दशैं अफर, ब्यालेन्स रिचार्ज गर्दा डेटा बोनस पाईने

काठमाडौं ।

काठमाडौं । यो दशैंमा एनसेलका ग्राहकहरुले प्रत्येक रु १०० भन्दा माथिको रिचार्जमा डेटा बोनसको मजा लिदैं यो पर्वलाई उल्लासमय बनाउन सक्नेछन् ।

एनसेल प्रा.लि.ले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । यस अन्तर्गत रु १०० देखि रु १००० सम्मको प्रत्येक रिचार्जमा ग्राहकले रिचार्ज गरको रकमको आधारमा १०० एमबी देखि १ जीबीसम्म डेटा बोनस पाउनेछन् । यो योजना असोज १७ देखि १५ दिनका लागि संचालनमा रहने कम्पनीले जानकारी दिएको छ ।

यो योजनामा रु १०० ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप एक दिन समयावधि रहेको १०० एमबी डेटा पाउने छन् । रु २०० रिचार्ज गर्नेहरुले दुई दिन समयसिमा रहेको २०० एमबी र रु ३०० को रिचार्जमा ग्राहकहरुले तीन दिनको समयावधि भएको ३०० एमबी डेटा पाउने छन् ।

त्यसैगरी, रु ५०० रिचार्जमा ग्राहकले पाँच दिन भित्र प्रयोग गर्न मिल्ने ५०० एमबी डेटा प्राप्त गर्नेछन् भने रु १००० को रिचार्जमा १० दिन समयसिमा रहेको १ जीबी डेटा डेटा पाउने एनसेलले जनाएको छ।

easy care

प्रकाशित: १७ आश्विन २०७६, शुक्रबार

ताजा समाचार