विश्व बजारमा टिभीको बिक्री सुस्तदरले बढ्दै, सन् २०२४ सम्म वार्षिक २३ करोड १० लाख युनिट पुग्ने

Technology Khabar १६ आश्विन २०७६, बिहीबार

विश्व बजारमा टिभीको बिक्री सुस्तदरले बढ्दै, सन् २०२४ सम्म वार्षिक २३ करोड १० लाख युनिट पुग्ने

काठमाडौं ।

काठमाडौं । विश्वभर टेलिभिजनको बिक्रीदर सुस्तगतिमा वृद्धि भईरहेको देखिएको छ । विश्व बजारमा सन् २०१९ मा २१ करोड ७० लाख यूनिट टिभीहरु बिक्री भएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा १.१ प्रतिशतको झिनो वृद्धि हो ।

टिभीको बिक्रीदर आगामी ५ वर्षमा सन् २०२४ सम्म वार्षिक २३ करोड १० लाख यूनिट पुग्ने डिजिटाइम्स रिसर्चले देखाएको छ ।

ताइवानमा आधारित कम्पनीहरुले गरेको विश्व बजारमा टिभी बिक्रीको तथ्यांक हेर्दा सन् २०१९ मा ३ करोड यूनिट भन्दा कम मात्र आपूर्ति गरेका छन् । यो संख्या गत वर्षको तुलनामा १२.२ प्रतिशतले कम हो । यो संख्या घट्नुमा सार्पका लागि फक्सकन इलेक्ट्रोनिक्सले बनाउँदै आएको टिभीमा कमी आउनु हो, किनकी सार्पले आफैंले टिभी उत्पादन गर्ने भएको अनुसन्धान रिपोर्टले उल्लेख गरेको छ ।

ताइवानको टिभी शिपमेन्टको संख्या आगामी प्रक्षेपण गरिएको अवधिमा ०.५ प्रतिशतको वृद्धि हुनेछ भने सन् २०२४ सम्ममा यसमा १३.३ प्रतिशतले बढ्ने देखिएको छ । डिजिटाइम्स

easy care

प्रकाशित: १६ आश्विन २०७६, बिहीबार

ताजा समाचार