बौद्धिक सम्पत्ति दूरुपयोग गरेको भन्दै ह्वावेद्धारा ट्रान्जिन होल्डिङ्गस विरुद्ध कानूनी मुद्धा दायर

Technology Khabar १५ आश्विन २०७६, बुधबार

बौद्धिक सम्पत्ति दूरुपयोग गरेको भन्दै ह्वावेद्धारा ट्रान्जिन होल्डिङ्गस विरुद्ध कानूनी मुद्धा दायर

काठमाडौं ।

काठमाडौं । टेक्नो र आइटेल ब्राण्डमा मोबाइल फोन निर्माण गर्दै आएको कम्पनी ट्रान्जिन होल्डिङ्गसका विरुद्धमा ह्वावेले मुद्धा दायर गरेको छ ।

चिनियाँ टेक कम्पनी ह्वावेले बौद्धिक सम्पत्तिको दूरुपयोगको विषयमा अदालतमा मुद्धा दायर गरेको हो । ह्वावेकाअनुसार पेटेन्ट अधिकार दूरुपयोगको घट्नामा २० मिलियन चिनियाँ यूआन ट्रान्जिन होल्डिङ्गस र उसका पाँच सब्सिडरी कम्पनीहरुबाट दाबी गरिएको छ ।

चीनको सेनझेन सहरको स्थानिय अदालतले ह्वावेको सो उजुरी स्विकार गर्दै ट्रान्जिन होल्डिङ्गस र उसका पाँच सब्सिडरी कम्पनीहरुका विरुद्धमा दायर गर्न अनुमति दिएको छ ।

ट्रान्जिन होल्डिङ्गसकाका चेयरम्यान झु झाओजियाङ्गले स्थानिय मिडियासँग कुरागर्दै सो मुद्धाको बारेमा तटस्थ सुनुवाई हुने विश्वास गरेको बताईएकोछ ।

हालै केहि दिनअघि मात्र ट्रान्जिन होल्डिङ्गसले चीनको स्टार स्टक एक्सचेन्जमा आफ्नो शेयर सूचिकृत गर्ने घोषणा गरेको थियो । चीनको नास्डाक स्टायलको स्टक मार्केटबाट पहिलो दिनमा नै कम्पनीले ९६ प्रतिशत कारोबार गर्न सफल भएको थियो ।

ट्रान्जिन होल्डिङ्गस अफ्रिकाको सबैभन्दा ठूलो मोबाइल ब्राण्ड हो । नेपालमा पनि ट्रान्जिन होल्डिङ्गसका मोबाइल फोनहरु टेक्नो र आइटेल बिक्री भईरहेका छन् । एजेन्सी

easy care

प्रकाशित: १५ आश्विन २०७६, बुधबार

ताजा समाचार