टाइप अप्रुभल नलिई मोबाइल फोन र रेडियो उपकरण बिक्री गरे कारबाहीः दूरसंचार प्राधिकरण

Technology Khabar ९ आश्विन २०७६, बिहीबार

टाइप अप्रुभल नलिई मोबाइल फोन र रेडियो उपकरण बिक्री गरे कारबाहीः दूरसंचार प्राधिकरण
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अनुमति बिना मोबाइल फोन तथा वाईफाई राउटरहरु अवैधरुपमा आयात तथा बिक्री गरिरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले हालै सार्वजनिक सूचना प्रकाशित गर्दै त्यस्तो अवैध आयातकर्तालाई दूरसंचार ऐनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।

‘विगत केहि समयदेखि बजारमा स्तर स्वीकृती टाइप अप्रुभल नभएका मोबाइल फोनहरु तथा राउटर लगायतका रेडियो उपकरणहरु बिक्री बितरण भईरहेको भनि गुनासो आईरहेकोले त्यस्ता उपकरणहरु बिक्री बितरण नगर्न सबैलाई सुचित गरिन्छ,’ प्राधिकरणको सुचनामा भनिएको छ ।

प्राधिकरणले त्यसरी अनुमति बिना नै अवैधरुपमा आयात भएका मोबाइल फोन तथा राउटरलगायतका रेडियो उपकरणहरु बिक्री बितरण भएको पाईएमा प्राधिकरणमा जानकारी गराउन समेत अनुरोध गरेको छ ।

नेपालमा आयात र प्रयोग हुने विभिन्न ब्राण्डका मोबाइल फोन तथा दूरसंचार सेवामा प्रयोग हुने राउटरलगायतका रेडियो उपकरणहरु आयात गर्नुपूर्व स्तर स्वीकृति अर्थात टाइप अप्रुभल गराउनुपर्ने कानूनी प्रावधान रहेको छ ।

त्यस्तो टाइप अप्रुभल दूरसंचार प्राधिकरणले प्रदान गर्ने गरेको छ भने प्राधिकरणले आयात हुने गरेका सम्पूर्ण डिभाइसहरुको आईएमईआई नम्बर समेत दर्ता गर्ने र प्रयोगको लागि अनुमति दिने गरेको छ ।

प्राधिकरणले अनुमति बेगर र स्तर स्वीकृति बिना आयात र प्रयोग गरेको भेटिएमा दूरसंचार ऐन, २०५३ अनुसार कारबाही हुने समेत उल्लेख गरेको छ ।

easy care

प्रकाशित: ९ आश्विन २०७६, बिहीबार

ताजा समाचार