ओपोद्वारा नेपालमा ए-सिरिजका ओपो एनाइन २०२० र ओपो एफाइभ २०२० सार्वजनिक

Technology Khabar ६ आश्विन २०७६, सोमबार

ओपोद्वारा नेपालमा ए-सिरिजका ओपो एनाइन २०२० र ओपो एफाइभ २०२० सार्वजनिक
फाइल: ओपो नेपालले ए सिरिजका नयाँ स्मार्टफोन लन्च गर्दै

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा ओपो ए सिरिज २०२० कम्पनीले एक कार्यक्रमका बिच आधिकारिकरुपमा सार्वजनिक गरेको छ ।

ओपो ए सिरिज २०२० अन्तर्गत सार्वजनिक ओपो एनाइन २०२० र ओपो एफाइभ २०२० मध्यम वर्गिय स्मार्टफोन बजारका लागि ब्राण्डको नयाँ भेट हो ।

उच्च गुणस्तर र मितब्ययी मूल्यको समायोजनका साथै, उत्कृष्ट फोटोग्राफी, आकर्षक डिजाइन र लामो समय टिक्ने ब्याट्रीका साथमा ए सिरिज जेनरेशन जी यूवाका लागि अपरिहार्य उपकरणका रुपमा रहिरहने कम्पनीको भनाई छ ।

‘नयाँ दशकको शुरुवातको महोत्सवका रुपमा हामीले यी दूई ह्याण्डसेटलाई ओपो ए सिरिज २०२० नाम दिएका छौँ । साथै, पछिल्लो दशकमा ए सिरिजले प्राप्त गरेको सफलता मनाउने र नयाँ पुस्ताका मोबाइल प्रयोगकर्तालाई स्वागत गर्नुपनि यसको मूल उद्देश्य हो,’ ओपो नेपालका कार्यकारी अधिकृत बबी ट्राओले भने ।

ओपो ए सिरिज २०२०ले प्रयोगकर्तालाई यसमा रहेको बहुउपयोगी ४८एमपी क्वाड क्यामरामार्फत आफुमा निहित रचनात्मकता जागृत गराउन अभिप्रेरित गर्छ र ५ हजार एमएएच अल्ट्रा ब्याट्रीले लामो समयसम्मको निरन्तर प्रयोगका लागि सघाउँछ । नयाँ फोनले अदृतिय मनोरञ्जन प्रदान गर्दै दैनिक तनाव कम गर्न सघाउँदै जीवनका अनेक सम्भावना नियाल्न मद्दत गर्छ ।

अत्याधुनिक क्यामरा प्रविधि

ओपो एनाइन २०२०मा बहुउपयोगी क्वाड क्यामेरा सेटअप, ४८एमपी मुख्य क्यामेरा + ८एमपी अल्ट्रा(वाइड लेन्स + २एमपी मोनो लेन्स + २ एमपी पोट्रेट लेन्स उपलब्ध गरिएको छ ।

त्यसैगरी, ओपो एफाइभ २०२०मा पनि कम्पनीले बहुउपयोगी क्वाड क्यामेरा सेटअप दिएको छ । तर यसमा भने, १२एमपी मुख्य क्यामेरा जडान गरिएको छ । यिनले प्रयोगकर्ताका हरेक शुटिङ एंगल्स तथा सिनेरियोको आवश्यकता अल्ट्रा नाइट मोड २.० र आर्टिस्टिक पोट्रेट स्टाइल्सको समग्र विकल्पका माध्यमबाट समाधान उपलब्ध गराउँछ ।

एनाइन २०२०मा रहेको ४८एमपी प्रमुख लेन्सले उच्च रेजोल्यूशनका साथमा तस्विरको स्पष्टतामा सुधार दिँदै विस्तृत र गुणस्तरिय तस्विर लिन सघाउँछ । ८एमपी ११९डिग्री अल्ट्रा वाइड एंगल लेन्सले तस्विरको समायोजन र अभिब्यक्ति मार्फत विविधता दिनुका साथै साना स्थानमा समेत ठूला शट्स लिन सघाउँछ ।

अल्ट्रा नाइट मोड २.०ले न्वाइज रिडक्सनको सुनिश्चितता दिन्छ । साथै, एचडीआर र मल्टि(फ्रेम प्रविधिले प्रयोगकर्तालाई रातको समयमा समेत उज्याला तस्विर खिच्ने सुविधा प्रदान गर्छ । यसो गर्दा मानिसका लागि छुट्टै प्रक्रिया अपनाइने हुँदा तस्विरमा मानिसका अनुहार चहकिला र अझ विस्तृत देखिन्छ । अल्ट्रा नाइट मोड २.०को प्रयोग अल्ट्रा वाइड एंगल फोटो लिनका लागि समेत प्रयोग गर्न सकिन्छ ।

एनाइन २०२०मा १६एमपी सेल्फी क्योमरा उपलब्ध गरिएको छ र एफाइभ २०२०मा ८एमपी सेल्फी क्यामेरा । दुबैमा कम्पनीले टेलर मेड सेल्फीका लागि एआई ब्यूटिफिकेशन प्रविधि दिएको छ ।

उपभोक्ताको उच्च गुणस्तरिय एक्सन भिडियोका लागि बढ्दो मागको सम्बोधन गर्न यसपटक कम्पनीले ब्यूल्ट(इन गायरोस्कोप सहित दूबै ह्याण्डसेटका लागि नयाँ स्टेबलाइजेसन प्रविधि उपलब्ध गराएको छ । यसले दौडिँदा, हिँड्दा, साइक्लिङ लगायत कार्य गरिरहँदा स्थिर भिडियो खिच्न सहजता प्रदान गर्छ ।

आकर्षक र प्रयोग-मैत्री ईन्टेलिजेन्ट डिजाइन

ओपो ए सिरिज २०२०मा रहेको ६.५ ईञ्चको फुल स्क्रिनमा ८९% स्क्रिन टू बडी रेसियाका साथमा कोर्निङ गोरिल्ला ग्लास थ्री+को प्रयोग गरिएको छ ।

अदृतिय प्रयोग अनुभव र कार्य क्षमताका लागि हार्डवेयर र सफ्टवेयरको समायोजन

१९ घण्टा लगातार प्रयोग गर्न सकिने ५ हजारएमएएच क्षमताको ब्याट्री फोनमा उपलब्ध गरिएको छ । यसमा रहेको ब्याट्रीले रिभर्स चार्जिङ समेत सपोर्ट गर्छ ।

अडियोका लागि ओपो ए सिरिज २०२०२मा उच्च भोल्यूम र सुदृढ आवाजको गुणस्तर सहित डुअल स्पिकर जडान गरिएका छन् । उत्कृष्ट आवाजको गुणस्तर, रोमाञ्चक गेमिङ अनुभव लगायतका लागि फोनमा डल्बी एट्मस साउण्ड ईफेक्टको प्रयोग गरिएको छ ।
ओपो ए सिरिज २०२०मा शक्तिशाली कार्यक्षमताका लागि ८ कोर ६४ बिट प्रोसेसरका साथमा क्वालकम स्न्यापड्रागन ६६५ प्ल्याटफर्म दिइएको छ ।

विशेषगरी गेमिङ अनुभवको कुरा गर्दा फोनमा दिइएको गेम बुस्ट २.० एक्सिलिरेटर प्रविधिले सुदृढ फ्रेम बुस्ट र टच बुस्ट दिन्छ ।
फोनहरुमा एण्ड्रोइड ९.०मा आधारित कलरओएस ६को प्रयोग गरिएको छ । ए सिरिजका स्मार्टफोनमा १२८जीबी स्टोरेज र २ सय ५६ जीबी मेमोरी सपोर्ट गर्ने थ्री(कार्ड (डुअल सिम + माइक्रोएसडी) स्लट पनि उपलब्ध छ ।

विक्रि सम्बन्धि जानकारी

८ जीबी ¥याम र १ सय २८ जीबी रोम सहितको ओपो एनाइन २०२०, मरिन ग्रिन र स्पेस पर्पल रंगमा अक्टोबर १ देखि नेपालभरका प्रमुख विक्रि केन्द्रमा उपलब्ध हुनेछ । यसको बजार मूल्य रु. ३५ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

मूल्य रु. २७ हजार ९ सय ९० निर्धारण गरिएको ४ जीबी ¥याम र १ सय २८ जीबी रोम सहितको ओपो एफाइभ २०२०, मिरर ब्ल्याक र ड्याजलिङ ह्वाइट रंगमा सेप्टेम्बर २४ देखि नै नेपालभरका प्रमुख विक्रि केन्द्र मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ६ आश्विन २०७६, सोमबार

ताजा समाचार