“सामसङ आयो, खुसी छायो” फेस्टिभ अफर संचालनमा, इलेक्ट्रोनिक्स उत्पादनहरुमा छुट प्रदान

Technology Khabar १ आश्विन २०७६, बुधबार

“सामसङ आयो, खुसी छायो” फेस्टिभ अफर संचालनमा, इलेक्ट्रोनिक्स उत्पादनहरुमा छुट प्रदान

काठमाडौं ।

काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सामसङले सधैंझै यस चाडपर्वको उपलक्ष्यमा आफ्ना उत्पादनहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको छ ।

सामसङ टिभि, वासिङ्ग मेसिन तथा फ्रिज जस्ता उपकरणहरुले चाडपर्वमा रौनकता थप्ने हुँदा सामसङले “सामसङ आयो, खुसी छायो” योजना अन्तर्गत उपभोक्ताहरुलाई अझै खुसी प्रदान गर्न यो छुट प्रदान गरेको हो ।

यस छुटको साथसाथै सामसङले आफ्ना टिभिहरुमा २ वर्षको वारेन्टी (१ वर्ष फुल प्रोडक्ट वारेन्टी तथा थप १ वर्ष प्यानलमा), डिजिटल इन्भर्टर टेक्नोलोजीमा १० वर्षको वारेन्टी, तोकिएका आउटलेटहरुबाट सहज किस्ताबन्दी तथा निश्चित होम अप्लाइन्सहरुको निःशुल्क जडान गरिदिने व्यवस्था पनि मिलाएको जानकारी दिएको छ ।

हिम इलेक्ट्रोनिक्स प्रा.लि तथा त्रिवेणी ब्यापार प्रा.लि.का नेपालभर रहेका आधिकारिक डिलर नेटवर्क अन्तर्गतका वितरकहरु मार्फत यो योजना असोज १ गतेदेखि कार्तिक २९ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १ आश्विन २०७६, बुधबार

ताजा समाचार