नेपाल टेलिकमको नाफा ७ अर्ब रुपैयाँले घट्दा खर्चमा भने वृद्धि

Technology Khabar ३० श्रावण २०७६, बिहीबार

नेपाल टेलिकमको नाफा ७ अर्ब रुपैयाँले घट्दा खर्चमा भने वृद्धि
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम)को आम्दानी आर्थिक वर्ष २०७५/७६ मा १५ अर्ब २५ करोड ६४ लाख रुपैयाँ नाफा गरेको छ । टेलिकमको यो नाफा अघिल्लो आवको तुलना करिब ४८.६१ प्रतिशतले कम हो ।

टेलिकमले विहिबार प्रकाशित गरेको वित्तीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५/७६को नाफा अघिल्लो वर्षको तुलनामा करिब ७ अर्ब २७ करोड रुपैयाँले घटेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा भने कुल २१ अर्ब ९२ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सरकारी स्वामित्वमा रहेको टेलिकमले गत आर्थिक वर्षमा १० अर्ब २० करोड खुद नाफा कमाएको छ अघिल्लो वर्ष कम्पनीको नाफा १७ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको आम्दानी घटिरहेको बेला खर्च भने बढिरहेको देखिन्छ । कम्पनीको अन्य आम्दानी ६ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने प्रशासनिक खर्चमा भने वृद्धि हुँदै १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

पछिल्लो समयमा टेलिकमले भ्वाइस कलको प्रयोग घटिरहेको र त्यसले आम्दानीमा असर पारेको बताउँदै आएको र ओटिटि सेवाको प्रयोग बढिरहेको हुँदा नाफामा कमी आएको बताउँदै आएको छ ।

आर्थिक वर्ष २०७५/७६ को नाफा टेलिकमले यसअघि अनुमान गरेभन्दा निकै कमजोर देखिएको छ । यसअघि टेलिकमले असारमा आर्थिक वर्ष २०७५/७६ मा नाफामा करिब ३९.६६ प्रतिशतको कमी हुने अनुमान गरेपनि हाल नाफामा ४८ प्रतिशत भन्दा बढिको कमी देखिएको छ ।

नेपाल टेलिकमको कुल १५ अर्ब शेयर पूँजीमध्ये ४.४ प्रतिशत शेयर सर्वसाधारणको रहेको छ भने बाँकी सरकार र कर्मचारीहरुको रहेको छ । सरकारले टेलिकममा सर्वसाधारणको शेयर हिस्सा बढाएर २६ प्रतिशत पुर्याउने बताएको थियो ।

आगामी आवमा ४८ अर्ब रुपैयाँ आम्दानी गर्ने टेलिकमको लक्ष्य, बजार हिस्सा ६० प्रतिशत पुर्याउने

easy care

प्रकाशित: ३० श्रावण २०७६, बिहीबार