रियलमीले क्वाड क्यामरा सहितको स्मार्टफोन ल्याउँदै, ६४ मेगापिक्सेलको सेन्सर हुने

Technology Khabar १८ श्रावण २०७६, शनिबार

रियलमीले क्वाड क्यामरा सहितको स्मार्टफोन ल्याउँदै, ६४ मेगापिक्सेलको सेन्सर हुने

काठमाडौं ।

काठमाडौं । रियलमीले पहिलो पटक ६४ मेगापिक्सेल सेन्सरभएको स्मार्टफोन ल्याउने तयारी गरेको छ । कम्पनीले हालै एक टीजर देखाउँदै ६४ मेगापिक्सेलको क्वाड क्यामरा स्मार्टफोन ल्याउन लागेको हो ।

कम्पनीले आगामी साता भारतमा पहिलो पटक ६४ मेगापिक्सेल भएको क्वाड क्यामरा अर्थात ४ वटा सेन्सर भएको स्मार्टफोन टेक्नोलोजी देखाउने घोषणा गरेको छ ।

रियलमीद्धारा अगस्ट ८ तारिखमा सो क्यामरा टेक्नोलोजी देखाउनेछ । कम्पनीले यसलाई क्यामरा इनोभेशन इभेन्ट नाम दिएको छ ।

अहिलेसम्म बजारमा ६४ मेगापिक्सेलको क्यामरा भएको फोन आएको छैन भने कम्पनीको लागि पनि यो पहिलो फोन हुनेछ ।

टीजरकाअनुसार सो स्मार्टफोनमा चार क्यामरा लेन्स रहेको छ भने ६४ मेगापिक्सेल लेखेको देखिन्छ । तर अहिलेसम्म यो स्मार्टफोनको अन्य विबरणहरु भने आएको छैन् ।

रियलमीले यसअघि नै बजारमा ड्यूल क्यामरा स्मार्टफोनहरु लन्च गरिसकेको छ, जसमा थ्री सिरिज र एक्स रहेको छ । तर कम्पनीले ट्रिपल क्यामरा फोन नल्याईकनै एकै पटक क्वाड क्यामरा टेक्नोलोजी ल्याउन लागेको हो ।

कम्पनीले यो स्मार्टफोन बारे थप जानकारी दिएको छैन ।

easy care

प्रकाशित: १८ श्रावण २०७६, शनिबार