एप्पलले सन् २०२० मा ४ वटा आइफोन लन्च गर्ने, एउटा मोडल ५जी प्रविधि युक्त हुने

Technology Khabar २८ असार २०७६, शनिबार

एप्पलले सन् २०२० मा ४ वटा आइफोन लन्च गर्ने, एउटा मोडल ५जी प्रविधि युक्त हुने

काठमाडौं ।

काठमाडौं । एप्पलले आगामी वर्षको लागि ४ वटा आइफोन मोडलहरु लन्च गर्ने तयारी गरेको छ । हालै आएको एक रिपोर्टअनुसार अमेरिकी टेक कम्पनी एप्पलले ओएलईडी स्क्रीनका साथमा तीनवटा आइफोन लन्च गर्नेछ भने अर्को आइफोन ५जी कनेक्टिभिटीका साथमा हुनेछ ।

ओएलईडी स्क्रीन भएको आइफोनको डिस्प्ले क्रमशः ५.४ इन्च, ६.१ इन्च, र ६.७ इन्च हुनेछ ।

आगामी वर्ष आउने एप्पलका डिभाइसहरुमध्ये एउटामा ५जी कनेक्टिभिटी र एडभान्स्ड थ्रीडी सेन्सिंग क्यामरा टेक्नोलोजीयुक्त हुनेछ ।

रिपोर्टकाअनुसार चौथो आइफोनको डिजाइन आइफोन ८ को जस्तै हुनेछ तर यसमा ५जी कनेक्टिभिटी वा ओएलईडी प्यानल भने हुनेछैन् ।

नयाँ डिजाइन र फीचरयुक्त आइफोनहरुमार्फत कम्पनीले सन् २०२० मा १९.५ करोड आइफोन बिक्री गर्न सफल हुने अनुमान गरिएको छ ।

जेपी मोर्गन चेसको नोटअनुसार सन् २०१९ मा एप्पलद्धारा १८ करोड युनिट फोन बेचेको अनुमान गरिएको छ ।

एप्पलसँग २०२२ देखि २०२३ सम्ममा आफ्नै ५जी मोडेम हुनेछ जसबाट आइफोन उत्पादक कम्पनीको क्वालकमसँगको निर्भरता घट्नेछ । एजेन्सी

easy care

प्रकाशित: २८ असार २०७६, शनिबार

ताजा समाचार