वैदेशिक रोजगारीबाट फर्किनेलाई टेलिभिजन ल्याउन रोक्नुपर्ने सिजीको माग

Technology Khabar २४ बैशाख २०७६, मंगलवार

वैदेशिक रोजगारीबाट फर्किनेलाई टेलिभिजन ल्याउन रोक्नुपर्ने सिजीको माग

काठमाडौं ।

काठमाडौं–सिजीले आगामी आर्थिक वर्षको बजेटमा विदेशबाट टिभी ल्याउने व्यवस्था हटाउनु पर्ने माग गरेको छ । नेपालमा सीजी टेलिभिजन उत्पादन गर्दै आएको सीजी इलेक्ट्रोनिक्स कम्पनीले विदेशबाट आउँदा टिभी ल्याउने व्यवस्था हटाउन माग गरेको हो ।

वैदेशिक रोजगारीमा जानेले ल्याउने टेलिभिजनको करछुटको व्यवस्था हटाउनु पर्ने माग सहितको पत्र कम्पनीले अर्थ मन्त्रालयका राजस्व सचिवलाई पठाएको छ ।

विदेशबाट आउँदा ल्याउने टेलिभिजनमा रोक लगाई नेपालमा नै उत्पादन हुने टेलिभिजन एयरपोर्टमा नै ड्युटी फ्रि पसल राखेर खरिद गराउनुपर्ने माग कम्पनीले गरेको हो ।

गत वर्षको आर्थिक विधेयकमा भएको संशोधनले नेपालमा रहेको टेलिभिजन उद्योगहरु बाँच्न नसक्ने अवस्था भएको कम्पनीले दाबी गर्दै विदेशबाट पैठारी हुने तयारी टेलिभिजन र नेपालमा उत्पादन हुने टिभीमा लाग्ने समस्टि राजस्वमा खासै फरक नभएकाले नेपाली उद्योग बन्द हुने अवस्था आएको उल्लेख गरेको छ ।

यसले गर्दा हजारौको रोजगारी पनि अन्त्य हुने अवस्था सृजना भएको कम्पनीको भनाई छ ।
स्वदेशमा उत्पादन हुने र विदेशबाट ल्याउने टिभीमा उस्तै कर भएकाले पनि नेपाली व्यवसायीहरु मारमा परेको भन्दै आगामी आर्थिक विधेयकमार्फत विदेशबाट टिभी ल्याउने व्यवस्था हटाउन राजस्व सचिवको ध्यानाकर्षण गराइएको छ ।

वैदेशिक रोजगारमा गएकाहरुले कम्तीमा १२ महिना काम गरी फर्केपछि एक पटक ल्याएको ३२ इन्चको टिभीमा सम्पूर्ण महसुल कर छुट दिने व्यवस्था छ । तर यो व्यवस्थाले स्वदेशी उत्पादन मर्कामा परेको सिजीको गुनासो छ । यसको विकल्पका रुपमा हाल ३२ इन्चसम्मको टेलिभिजनमा यो सुविधा दिइएकोमा अब २४ इन्चसम्मलाई एक पटक मात्रै ल्याउने व्यवस्था गर्न सीजीले सुझाव दिएको छ।

सीजीले पत्रमार्फत भनेको छ, ‘आर्थिक वर्ष २०७२÷०७३ मा ५ प्रतिशत अन्तशुल्क लागेको थियो । ०७३÷०७४ मा बढेर १० प्रतिशत पुग्यो । ०७४÷०७५ मा मूलय अभिवृद्धि ५० प्रतिशतभन्दा बढी रहेको र सो मूल्य अभिवृद्धि पछिको अन्तशुल्क गणना गर्दा यो दर २५ प्रतिशत हुन्छ ।’

माध्यम

easy care

प्रकाशित: २४ बैशाख २०७६, मंगलवार

ताजा समाचार