सरकारको नीति तथा कार्यक्रमः स्थानिय तहमा ब्रोडब्याण्ड इन्टरनेट, ५ वर्षमा डिजिटल नेपाल

Technology Khabar २० बैशाख २०७६, शुक्रबार

सरकारको नीति तथा कार्यक्रमः स्थानिय तहमा ब्रोडब्याण्ड इन्टरनेट, ५ वर्षमा डिजिटल नेपाल

काठमाडौं ।

काठमाडौं । सरकारले डिजिटल नेपाल फ्रेमवर्कको कार्ययोजनालाई आगामी ५ वर्षभित्र पुरा गर्ने लक्ष्य राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम २०७६/०७७ सार्वजनिक गर्दै आगामी ५ वर्षभित्र डिजिटल नेपाललाई कार्यान्वयन गरिने घोषणा गरिन् । राष्ट्रपति भण्डारीले सरकारी तथा निजी क्षेत्रबाट प्रवाह हुने सबै प्रकारको सेवा तथा कारोबार विद्युतीय माध्यमबाट संचालन गरिने बताईन् ।

संसदमार्फत सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सरकारले विद्युतीय भुक्तानी र विद्युतीय हस्ताक्षरलाई पनि कार्यान्वयन गर्ने उल्लेख छ ।

त्यसैगरि स्थानिय तहका सबै सरकारी तथा शैक्षिक निकायहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा बिस्तार आगामी वर्षभित्र सक्ने सार्वजनिक गरिन् ।

सरकारको नीति तथा कार्यक्रममा स्थानिय, प्रदेश र केन्द्रिय तहका सबै सरकारी सेवाहरुमा सूचना प्रविधिको प्रयोग गर्ने उल्लेख गरेको छ । त्यसैगरि सरकारले आगामी ४ वर्षभित्र बायोमेट्रिक प्रणाालीसहितको राष्ट्रिय परिचयपत्र बितरण गर्ने भएको छ भने मोबाइल एपमार्फत नागरिकहरुलाई सेवा सुविधाहरु उपलब्ध गराउने लक्ष्य लिएको छ ।

टेलिमेडिसिन, टेलिएजुकेसनलगायतका विषयहरुलाई अगाडि बढाउने भन्दै हेटौँडामा निर्माण भईरहेको डाटा रिकभरी सेन्टर सम्पन्न गर्ने र अन्य स्थानहरुमा डाटा सेन्टर र इन्टरनेट एक्सचेन्ज सेन्टर बनाउँदै दूरसंचार पूर्वाधारको सहप्रयोगमा जोड दिएको छ ।

तीनवटै सरकारी तहमा गरिने बजेट निर्माण, कार्यक्रम र खर्चहरुलाई सूचना प्रविधिको प्रयोगद्धारा नियमन गर्दै वित्तिय अनुशासन कायम गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरि देशभित्र बढ्दो साइबर जोखिमलाई न्यूनिकरण गर्न नेशनल सर्टलागू गर्ने योजना लिईएको छ भने साइबरी सुरक्षा प्रणाली संचालन गर्ने नीति सरकारले लिएको छ ।

सरकारले मुलुकमा विज्ञान तथा प्रविधिको अध्ययन र अनुसन्धान गर्न सरकारले आगामी दुईवर्ष भित्र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संचालन गर्ने योजना लिएको छ । सरकारले नीति तथा कार्यक्रममार्फत जिपिएस प्रविधिको प्रयोग गरी सार्वजनिक सवारी साधनहरुको अनलाइन अवस्थिति जाँच गर्ने कार्यक्रम पनि ल्याएको छ ।

यसैगरि सूचना प्रविधिमा आधारित उद्योग व्यवसाय प्रबद्र्धन तथा रोजगारी सिर्जना गर्न राष्ट्रिय ज्ञान पार्क स्थापना गर्ने योजना राखेको छ ।

नीति-तथा-कार्यक्रम-२०७६-७७-फाइनल

easy care

प्रकाशित: २० बैशाख २०७६, शुक्रबार

ताजा समाचार