चिन्ट उत्पादनको टेक्निकल सेमिनार सम्पन्न

Technology Khabar १६ बैशाख २०७६, सोमबार

चिन्ट उत्पादनको टेक्निकल सेमिनार सम्पन्न

काठमाडौं ।

काठमाडौं । नेपालका लागि चिन्ट इलेक्ट्रिक उत्पादनको एक मात्र आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले डिलर र कन्ट्रयाक्टरलाई आफ्नो उत्पादनको बारेमा जानकारी दिन “टेक्निकल सेमिनार अन चिन्ट प्रोडक्ट” आयोजना गरेको छ ।

जेजाङ्ग चिन्ट इलेक्ट्रिक कम्पनी प्रा.लि.को चिन्ट इलेक्ट्रिक चीनको नम्बर एक र यूरोपको दोस्रो सबैभन्दा उत्कृष्ट इलेक्ट्रिक ब्राण्ड भएको कम्पनीको दाबी छ ।

“टेक्निकल सेमिनार अन चिन्ट प्रोडक्ट” नारायणघाटमा वैशाख १० गते आयोजना गरिएको थियो । त्यस्तै उक्त सेमिनार हेटौँडा र वीरगञ्जमा क्रमश वैशाख ११ गते र १३ गते आयोजना गरिएको छ । चिन्ट इलेक्ट्रिक्स् इन्डियाका आलोक पाण्डेले सेमिनारमा ट्रेनिङ सेशन दिएका थिए ।

सेमिनारमा सहभागीहरुलाई चिन्ट इलेक्टिक उत्पादनहरु जस्तै रिले, कन्ट्रयाक्टर, आरसीसीबी, एमसीबी र एमसीसीबीका बारेमा जानकारी गराइएको थियो । चिन्टका उत्पादनहरु लो–भोल्टेज इलेक्ट्रिकल उत्पादनहरुदेखि वितरक उपकरणहरुसम्म रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १६ बैशाख २०७६, सोमबार