एप्पलले ट्रिपल क्यामराभएको आइफोन ल्याउने, १२ मेगापिक्सेलको सेल्फी क्यामरा

Technology Khabar ८ बैशाख २०७६, आईतवार

एप्पलले ट्रिपल क्यामराभएको आइफोन ल्याउने, १२ मेगापिक्सेलको सेल्फी क्यामरा

काठमाडौं ।

काठमाडौं । टेक कम्पनी एप्पलले यो वर्ष कस्तो डिजाइनको आइफोन ल्याउँछ भन्ने सबैजनालाई जिज्ञासा हुँदै आएको छ । कम्पनीले यो साल यसअघिको भन्दा फरक डिजाइनमा नयाँ आइफोन ल्याउने चर्चा आउँदै गरेको बेला यसमा हुने क्यामरा फीचरको बारेमा नयाँ रिपोर्ट आएको छ ।

एप्पलले यसअघि सार्वजनिक गरेको आइफोन एक्सएस र एक्सएस म्याक्सको सक्सेसर आइफोनहरुमा तीनवटा क्यामरा सेन्सर राख्ने रिपोर्ट आएको हो ।

एप्पलको बारेमा विश्लेषण गर्ने र जानकारी दिने मिंग ची कुओकाअनुसार नयाँ आइफोनको मुख्य क्यामरा तीन वटा सेन्सरहरु हुनेछन अर्थात यो ट्रिपल क्यामरा डिजाइनमा आउनेछ ।

मुख्य क्यामरा तर्फ आइफोनका यी मोडलहरुमा अहिलेपनि दुईवटा क्यामरा रहेका छन भने नयाँ थपिने क्यामरा १२ मेगापिक्सेलको अल्ट्र वाइड लेन्ससहितको हुनेछ ।

यस्तो किसिमको क्यामरा फिचर कयौं एन्ड्रोयड स्मार्टफोनहरुमा अहिले नै प्रयोगमा रहेका छन् । त्यसैले पनि एप्पलले तेस्रो क्यामरासहितको नयाँ आइफोन ल्याउने अनुमान गरिएको हो ।
कुओको विचारमा एप्पलले यी लेन्सहरुलाई लुकाउनका लागि क्यामरा बम्पमा विशेष कोटिंग प्रयोग गर्न सक्नेछ ।

यसअघि पनि विभिन्न रेण्डरमा आइफोनमा तीनवटा क्यामरा हुने अनुमान गरिएको थियो ।
एप्पलको सस्तो स्मार्टफोन भनिएको आइफोन एक्सआरमा भने दुईवटा क्यामरा फिचर हुने अनुमान छ ।

त्यसैगरि एप्पलले आइफोनको सेल्फी क्यामरालाई अपग्रेड गर्ने योजना राखेको बताईएको छ ।

हालको फोर लेयरको ग्लासका साथमा आउने क्यामरा सेन्सरलाई ५ लेयर अफ ग्लासद्धारा परिवर्तन गर्ने अनुमान छ । एप्पलले हालको ७ मेगापिक्सेल रिजोल्यूशनको क्यामरालाई छोडेर त्यसमा सुधार गर्दै नयाँ १२ मेगापिक्सेलको सेल्फी क्यामरा प्रयोग गर्ने अनुमान समेत गरिएको छ ।

स्रोत

easy care

प्रकाशित: ८ बैशाख २०७६, आईतवार