यस्तो छ सामसंगको फोल्डेबल स्मार्टफोन, हेर्नुस भिडियोमा सबै फीचरहरु

Technology Khabar १८ माघ २०७५, शुक्रबार

यस्तो छ सामसंगको फोल्डेबल स्मार्टफोन, हेर्नुस भिडियोमा सबै फीचरहरु

काठमाडौं ।

काठमाडौं । सामसंगले फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउँदैछ । यसअघि सो स्मार्टफोनको बारेमा धेरै कम जानकारीहरु बाहिर आएपनि हाल भने सो स्मार्टफोनको आधिकारिक प्रोमो भिडियो नै लीक भएको छ ।

सो प्रोमो भिडियोमा सामसंगको फोल्डेबल फोन ग्यालेक्सी एफको फीचरहरुको बारेमा जानकारी दिईएको छ ।

भिडियोमा कसरी फोनको डिस्प्ले फोल्ड गर्न सकिन्छ र के के फीचरहरु राखिएका छन भन्ने जानकारी दिन्छ ।

यो एक मिनेटको भिडियोमा कम्पनीले नयाँ टेक्नोलोजीहरु देखाएको छ, जसमा ट्रान्सपेरेन्ट विण्डो डिस्प्ले, इन्टरेक्टिभ शीशा, प्योर बेजल र नोच लेस ट्याबलेट, रोबोट्स, फोल्डेबल स्मार्टफोन, पार्टेबल मेडिकल स्क्यानर र अरु विभिन्न फीचरहरु छन् ।

यसअघि कम्पनीले डेभलपर कन्फ्रेन्समा यो फोनको प्रोटोटाइप देखाएको थियो ।

सामसंगले यहि फेब्रुअरी २० मा नयाँ अनप्याक्ड इभेन्ट आयोजना गर्दैछ, जहाँ कम्पनीको नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक हुने अनुमान छ । सोहि इभेन्टमा नै कम्पनीले ग्यालेक्सी एफ पनि लन्च गर्ने अनुमान गरिएको छ ।

https://www.youtube.com/watch?time_continue=60&v=P86t1F-B5Hs
easy care

प्रकाशित: १८ माघ २०७५, शुक्रबार

ताजा समाचार