हिमस्टारको हातखाली नजाने ‘खुर्क्यो कि फुर्क्यो’ योजना सम्पन्न

Technology Khabar ३० कार्तिक २०७५, शुक्रबार

हिमस्टारको हातखाली नजाने ‘खुर्क्यो कि फुर्क्यो’ योजना सम्पन्न

काठमाडौं ।

काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्स प्रा. लि. ले दशैं, तिहार र छठको अवसर पारेर संचालन गरेको ‘खुर्क्यो कि फुर्क्यो’ योजना सम्पन्न भएको छ ।

ग्राहकको उत्साहजनक रेस्पोन्सले, कम्पनीले आफुले लक्षित टार्गेट भन्दा १० प्रतिशत बढि व्यापार गरेको जनाएको छ ।

कम्पनीले नेपालीहरुको महानपर्वहरु बडा दशैं, तिहार तथा छठको अवसर पारेर ग्राहकले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा वासिङ मेसिन लगायतका होम अप्लाएन्सेसको खरिदमा हात खाली नजाने योजना ल्याएको थियो ।

यो योजनमा समावेश भएका ग्राहकले कुपन स्क्रयाच गरेर हिमस्टारका राइस कुकर, इलेक्ट्रिक थर्मस, इलेक्ट्रिक किट्ली, भ्याकुम क्लिनर, उफर, मिक्स्चर, ड्राइ आइरन तथा स्टिम आइरन जितेका कम्पनीले उल्लेख गरेको छ ।

easy care

प्रकाशित: ३० कार्तिक २०७५, शुक्रबार

ताजा समाचार