मोबाइल प्रयोगका लागि नेपालीले मासिक ४९१ रुपैयाँ खर्च गर्छन्, ५२ प्रतिशत नेपालीले स्मार्टफोन प्रयोग गर्ने

Technology Khabar १८ आश्विन २०७५, बिहीबार

मोबाइल प्रयोगका लागि नेपालीले मासिक ४९१ रुपैयाँ खर्च गर्छन्, ५२ प्रतिशत नेपालीले स्मार्टफोन प्रयोग गर्ने

काठमाडौं ।

काठमाडौँ । नेपालमा ७२ प्रतिशत व्यक्तिहरुले मोबाइल फोन प्रयोग गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपालमा मोबाइको पहुँचको बारेमा गरिएको एक अन्तराष्ट्रिय अध्ययनअनुुसार नेपालमा १५ देखि ६५ वर्ष उमेरका ७२ प्रतिशत मानिसहरुले मोबाइल प्रयोग गर्ने गरेका छन् ।

लर्न एशिया, इन्टरनेट सोसाइटी नेपाल र सेन्टर फर ल एण्ड टेक्नोलोजीद्धारा गरिएको सर्वेक्षण अध्ययनअनुसार नेपालभित्र ग्रामिण र शहरी क्षेत्रबिच मोबाइल प्रयोग गर्नेहरुको फरक १५ प्रतिशत रहेको देखाएको छ।

नेपालसहित विभिन्न १८ देशमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै लर्न एशियाकी सिईओ हेलानी गालपायाले नेपालीहरुमध्ये ५२ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने गरेको र ४० प्रतिशतले साधारण मोबाइल फोन प्रयोग गर्ने गरेको जानकारी दिईन्।

‘अध्ययनमा ४० प्रतिशतले साधारण फोन प्रयोग गर्ने गरेको र सो फोनमा इन्टरनेटको प्रयोग गर्न नसकिने किसिमको रहेको पाईएको छ, जून विशेषगरि वृद्धहरुले वा इन्टरनेटको बारे थाहा नहुनेले बोकेको देखिन्छ,’ उनले भनिन् ।

मोबाइल फोन प्रयोग

त्यस्तै सो प्रतिवेदनअनुसार नेपालमा मोबाइल प्रयोगको आधारमा लैंगिक असमानता एशियामा नै कम देखिएको छ । नेपालमा महिला र पुरुषबिच मोबाइल फोन प्रयोगको भिन्नता केवल १९ प्रतिशत मात्र रहेको देखिएको छ ।

प्रतिवेदनअनुसार नेपालमा मोबाइल फोन बोक्नेहरुमध्ये ६० प्रतिशत मानिसहरुसँग आम्दानीको कुनै स्रोत छैन् । उनीहरुले अन्य कसैले उपहारमा दिएको वा किनिदिएको मोबाइल प्रयोग गर्ने गरेको देखिन्छ ।

इन्टरनेटमा पहुँच

सो प्रतिवेदनमा इन्टरनेटको पहुँच बारे पनि अध्ययन गरिएको छ । जसअनुसार ४६ प्रतिशत मानिसहरुलाई मात्र इन्टरनेटको बारेमा जानकारीछ । प्रतिवेदनअनुसार युवा समूहमा भने इन्टरनेटको बारेमा अन्य मुलुकहरुको तुलनामा निकै जनचेतना रहेको उल्लेख छ । त्यस्तै पुरुषहरुको तुलनामा केवल ३३ प्रतिशत महिलाहरुले मात्र इन्टरनेट प्रयोग गरेका गरेका छन् ।

नेपालमा इन्टरनेट प्रयोग गर्नेहरुमध्ये ७७ प्रतिशतले विभिन्न किसिमका सामाजिक एप्लिकेसनहरु प्रयोग गर्ने देखिएको छ, जून अध्ययन गरिएको अन्य देशहरुको तुलनामा निकै उच्च भएको जानकारी दिईयो । नेपालीहरुले चलाउने एपमध्ये पहिलो नम्बरमा फेसबुक छ भने दोस्रोमा म्यासेजिंग तथा च्याटिंग एप छ । त्यस्तै तेस्रो नम्बरमा भाइबर, ह्वाट्सएप जस्ता भीओआईपी एप रहेका छन् ।

सो अध्ययन प्रतिवेदनअनुसार मोबाइल फोन प्रयोग गर्ने साथै इन्टरनेटमा पहुँच भएका मध्ये ५९ प्रतिशत नेपालीहरुले सामाजिक संजालमा आएका समाचारहरुमा विश्वास गर्ने गरेका छन् भने ४२ प्रतिशतले सामाजिक संजालका समाचारहरु सेयर गर्ने गरेका छन् । तर उत्तिनै प्रतिशत अर्थात करिब ४८ प्रतिशत नेपालीहरुले भने सामाजिक संजालको समाचारहरु शेयर गर्नुअगाडि विचार गर्ने गरेका छन् ।

नेपालीहरुले औसतमा मासिक ४९१ रुपैयाँ मोबाइल फोनका लागि खर्च गर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

वाईफाई प्रयोग

इन्टरनेटमा पहुँच भएका मध्ये १२ प्रतिशत नेपालीले सार्वजनिक निशुल्क वाईफाई प्रयोग गर्दछन भने १६ प्रतिशतले शुल्क तिरेर वाईफाई प्रयोग गर्दछन् । नेपालमा कुल ४६ प्रतिशतले मात्र वाईफाई प्रयोग गर्ने गरेको तथ्यांकमा उल्लेख छ ।

नेपालका विभिन्न शहर तथा ग्रामीण भेगमा २ हजार भन्दा बढि मानिसहरुसँग कुराकानी तथा प्रश्नोत्तरको आधारमा सो सर्वे गरिएको संस्थाले जानकारी दिएको छ । लर्न एशियाले भारत, पाकिस्तान, बंगलादेशसहित विभिन्न १८ देशहरुमा समान किसिमको सर्वेक्षण गरेको जानकारी दिएको छ ।

easy care

प्रकाशित: १८ आश्विन २०७५, बिहीबार

ताजा समाचार