ह्वावेको नयाँ ट्याब मिडियाप्याड एम ५ लाइट लन्च, साथमा एम-पेन लाइट स्टायलस र ७,००० एमएएचको ब्याट्री

Technology Khabar १४ आश्विन २०७५, आईतवार

ह्वावेको नयाँ ट्याब मिडियाप्याड एम ५ लाइट लन्च, साथमा एम-पेन लाइट स्टायलस र ७,००० एमएएचको ब्याट्री

काठमाडौं ।

काठमाडौँ । चिनियाँ टेक कम्पनी ह्वावेले आफ्नो मिड रेन्जमा नयाँ ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले एल्मुनियम यूनिबडि डिजाइन रहेको मिडिया प्याड ५ लाइट (Huawei MediaPad M5 lite) लन्च गरेको हो ।

मिडियाप्याड एम ५ लाइट मा १०.१ इन्चको १६ः१० डिस्प्ले छ जसको रिजोल्यूशन १९२०X१२०० पिक्सेल छ । नयाँ ट्याबलेटमा ह्वावेको आफ्नै किरिन ६५९ चीपसेट राखिएको छ भने यो ट्याबलेट ३ जीबी र्याम र ३२ जीबी स्टोरेज तथा ४ जीबी र्याम र ६४ जीबी स्टोरेजका साथमा आउँछ ।

यसमा हर्मन कार्डनको लाउडस्पीकर राखिएको छ जसले ह्वावेको हिस्टन ५.० भर्सनमा काम गर्दछ ।

ह्वावे मिडियाप्याड एम ५ लाइटमा ७,५०० एमएएचको ब्याट्री प्याक छ भने यो एन्ड्रोयड ८.० भर्सनमा संचालन हुन्छ ।

ह्वावेको नयाँ प्याडका साथमा ह्वावेको एम-पेन लाइट स्टायलस पनि उपलब्ध हुनेछ ।

यो ट्याबलेट शाम्पेन गोल्ड र स्पेस ग्रे कलर अप्सनमा आउँछ । तर यसको मूल्य भने अझै निश्चित भएको छैन् ।

माध्यम

easy care

प्रकाशित: १४ आश्विन २०७५, आईतवार

ताजा समाचार