टेलिकमले घटायो इन्टरनेटको मूल्य, महिनाको १ हजार ६ सय रुपैयाँदेखि सेवा शुरु हुने

Technology Khabar ३१ भाद्र २०७५, आईतवार

टेलिकमले घटायो इन्टरनेटको मूल्य, महिनाको १ हजार ६ सय रुपैयाँदेखि सेवा शुरु हुने
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले असोज १ गतेदेखि लागू हुने गरि इन्टरनेट लिज सेवाको महसुल दर घटाएको छ । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी थप आकर्षक तथा समसामयिक बनाइएको टेलिकमले जनाएको छ।

कम्पनीकाअनुसार अनुसार ५१२ केबीपीएसको महसुल दरप्रति महिना १ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । त्यसैगरी १ देखि १० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ७ सय रुपैयाँ, ११ देखि १०० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ४ सय रुपैयाँ र १०० एमबीपीएस भन्दा माथिको महसुल दर प्रति एमबीपीएस २ हजार १ सय रुपैयाँ तोकिएको छ। उल्लेखित दरमा थप कर लाग्ने कम्पनीले जानकारी दिएको छ।

साथै कर्पोरेट ग्राहकहरुले नेपाल टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्टहरु कनेक्ट गर्नको लागि इन्टरनेट लिज सेवाको उपयोग गर्न सक्ने टेलिकमले उल्लेख गरेको छ।

पहिले न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्टरनेट लिज लाइन उपलब्ध गराइएकोमा अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको लिज लाइन उपलब्ध गराइने छ । हाल २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकहरुको समयावधि सकिएपछि स्वचालित रुपमा ५१२ केबीपीएसमा अपग्रेड हुनेछ र नयाँ महसुल दर पनि सोही मितिदेखि लागू हुने बताईएको छ।

त्यसैगरी असोज १ गतेदेखि आगामी मंसिर २९ गतेसम्म ९० दिन वाइम्याक्स सेवाको प्रमोसनल अफरअन्तर्गत अनलिमिटेड डाटा प्याकेज लगायत विभिन्न प्याकेज उपलब्ध गराइने भएको छ । यस अन्तर्गत अनलिमिटेड डाटामा थप कर लाग्ने छैन भने भोल्युम वेस्ड प्याकेजमा थप कर लाग्ने छ।

भोल्युम वेस्ड प्याकेजअनुसार ब्यक्तिगत प्रयोगकर्ताहरुलाई ५१२ केबीपीएस स्पिडको अनलिमिटेड डाटा भोल्युम १५ सय रुपैयाँमा उपलब्ध गराइने छ । सो प्याकेज चलाउने समयावधि एक महिना हुनेछ । गाउँपालिकाहरुका लागि यही क्षमताको प्याकेज १ हजार रुपैयाँमा उपलब्ध गराइने छ।

त्यसैगरी २ एमबीपीएस गतिसम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइने छ । यस अनुसार १५ दिनका लागि ५ सय रुपैयाँमा १० जीबी, १ महिनाका लागि १ हजार रुपैयाँमा २० जीबी, ३ महिनाका लागि ३ हजार रुपैयाँमा ७० जीबी र ६ महिनाका लागि ६ हजार रुपैयाँमा १७५ जीबी भोल्युम उपलब्ध गराइने छ।

१ बर्षका लागि १२ हजार रुपैयाँमा ५०० जीबी र २० हजार रुपैयाँमा १ हजार जीबी प्याकेज तथा १ वर्षे कर्पोरेट प्याकको रुपमा ३५ हजार रुपैयाँमा २३०० जीबी प्याकेज उपलब्ध गराइने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

easy care

प्रकाशित: ३१ भाद्र २०७५, आईतवार

ताजा समाचार