एलजीको डिलर्स समिट कार्यक्रम सम्पन्न

Technology Khabar १८ भाद्र २०७५, सोमबार

एलजीको डिलर्स समिट कार्यक्रम सम्पन्न

काठमाडौं ।

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले डिलर्स समिट कार्यक्रम आयोजना गरेको छ । चितवनको सौराहामा सम्पन्न सो कार्यक्रममा १७० जना डिलरका प्रतिनिधि सहभागी भएका कम्पनीले जानकारी दिएको छ ।

बिहीबार र शुक्रबार भएको एलजी डिलर्स समिटमा एलजीसँग लामो समयदेखि आवद्ध रहेका तथा उत्कृष्ट कार्यप्रदर्शन, उत्कृष्ट ब्यापार प्रदर्शन तथा सर्वोकृष्ट अवार्डमा विभिन्न डिलरहरुलाई पुरस्कार सहित सम्मानित गरिएको थियो।

सम्मेलनको क्रममा एलजीका नयाँ टेक्नोलोजीका सामानहरुको डिस्प्लेको साथ–साथै आगामी बर्षका भावी योजनाको बारेमा समेत छलफल भएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १८ भाद्र २०७५, सोमबार