सामसंगको ग्यालेक्सी नोट नाइन नेपाल आउँदै, अगस्त १७ देखि प्रि-बुकिङ हुने

Technology Khabar ३१ श्रावण २०७५, बिहीबार

सामसंगको ग्यालेक्सी नोट नाइन नेपाल आउँदै, अगस्त १७ देखि प्रि-बुकिङ हुने

काठमाडौं ।

काठमाडौं । सामसंगको नयाँ स्मार्टफोन ग्यालेक्सी नोट नाइन नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ ।

अगस्त ९ तारिखमा विश्व बजारमा सार्वजनिक गरेको ग्यालेक्सी नोट नाइन नेपालमा भने अगस्तको अन्त्यमा उपलब्ध हुनेछ । कम्पनीले नेपाली बजारमा यो फोन लन्च गर्ने तयारी यसअघि नै शुरु गरिसकेको छ ।

सामसंग ग्यालेक्सी नोट नाइन हाल अमेरिकी, भारतीय बजारमा प्रि-बुकका लागि उपलब्ध छ भने छिमेकी मुलुक भारतमा पनि छिटै सार्वजनिक हुँदैछ । भारतीय बजारमा यो फोन अगस्त २२ तारिखमा उपलब्ध हुने जानकारी यसअघि नै आईसकेको छ । कम्पनीले हाल प्रि-बुकिंग गरिरहेको छ भने प्रि बुकिंग गर्नेहरुलाई विभिन्न अफर पनि दिएको छ ।

नेपाली बजारमा भने यो स्मार्टफोन अगस्त १७ तारिखदेखि प्रि-बुकिंगका लागि उपलब्ध हुनेछ । प्रि-बुकिंगमा कम्पनीले विभिन्न किसिमका उपहारहरु पनि प्रि बुकरलाई दिनेछ ।

कम्पनीले नेपाली बजारमा १२८ जीबी आन्तरिक स्टोरेज भएको नोट नाइन ल्याउने छ जसमा ६ जीबी र्याम हुनेछ । तर अर्को भेरिएन्ट ८ जीबी र्याम र ५१२ जीबी स्टोरेजको फोन नेपालमा आउँछ वा आउँदैन।

कति पर्ला मूल्य

हाल नेपाली बजारमा आउने १२८ जीबी भेरिएन्टको ग्यालेक्सी नोट नाइनको मूल्य बाहिर आएको छैन् । तर यसको मूल्य १ लाख भन्दा केहि माथि हुनेछ । यसअघि गत वर्ष सार्वजनिक भएको ग्यालेक्सी नोट एटको मूल्य १ लाख ३ हजार रुपैयाँ रहेको थियो ।

‘नोट नाइनको मूल्य बाहिर आएको छैन तर पनि १ लाख १० हजार जति पर्न सक्छ,’ कम्पनी सम्बद्ध स्रोतले भन्यो ।

गत वर्षको ग्यालेक्सी नोट एटको मूल्य र छिमेकी मुलुक भारतमा नोट नाइनको तोकिएको मूल्य हेर्ने हो भने नेपाली बजारमा नोट नाइनको मूल्य १ लाख ८ हजारको हाराहारीमा हुने अनुमान गर्न सकिन्छ ।

easy care

प्रकाशित: ३१ श्रावण २०७५, बिहीबार