संचार मन्त्री बाँस्कोटाले भने- अख्तियारले फाइल रोक्दा टेलिकमको फोरजी बिस्तारमा ढिलाई

Technology Khabar २४ असार २०७५, आईतवार

संचार मन्त्री बाँस्कोटाले भने- अख्तियारले फाइल रोक्दा टेलिकमको फोरजी बिस्तारमा ढिलाई
फाइल

काठमाडौं ।

काठमाडौं । संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले केहि सरकारी निकायहरुले नै नेपाल टेलिकमको फोरजी सेवा बिस्तार कार्यलाई रोकेको बताएका छन् ।

आईतबार राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बाँस्कोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायले फाइल रोकिदिँदा टेलिकमको फोरजी सेवा बिस्तारमा ढिलाई भएकोमा उनले असन्तुष्टि व्यक्त गरे ।

अख्तियारले फाइल रोकेर टेलिकमको फोरजी विस्तार गर्ने कार्यमा अन्योल सिर्जना गरेको उनको आरोप थियो ।

‘अख्तियारले अनुसन्धान गर्दै फोरजी सेवा विस्तार गर्ने कार्यमा नै रोक लगाउने गरि अनुसन्धान गर्न हुँदैनथ्यो, यदि कोहि दोषि भएको भए कारबाहि गर्न उचित हुन्थ्यो,’ उनले भने ।

कसैले देशभक्तको नाममा अख्तियारमा उजुरी गर्दैमा कामलाई रोक्नु ठिक नभएको उनको भनाई थियो । साथै उनले सिजी र युटिएलले टेलिकमलाई तिर्नुपर्ने अन्तर आवद्धता शुल्क लिएरै छाडने दाबी गरे।

यसका साथै संचार मन्त्रीले अनलाइन संचारमाध्यमका लागि नयाँ कानून बनाउने कार्य अन्तिम चरणमा भएको जानकारी समेत दिएका थिए ।

easy care

प्रकाशित: २४ असार २०७५, आईतवार

ताजा समाचार