एयर कण्डिसनरको न्यूनतम तापमान २४ डिग्री तोक्ने भारतको तयारी

Technology Khabar १० असार २०७५, आईतवार

एयर कण्डिसनरको न्यूनतम तापमान २४ डिग्री तोक्ने भारतको तयारी

काठमाडौं ।

काठमाडौं । गर्मीको मौसममा अधिकांश मानिसहरु शितल हुने स्थानको खोजीमा हुन्छन् जसको सजिलो विकल्प एयर कण्डिसनरको प्रयोग हो । छिमेकी मुलुक भारतमा गर्मीमा अत्यधिक तापक्रम बढ्ने र एयर कण्डिसनरको प्रयोग पनि निरन्तर बढेको भन्दै सरकारले यसलाई नियन्त्रण गर्ने भएको छ ।

भारतीय सरकारले भारतभर प्रयोग भईरहेका एयर कण्डिसनर अधिक प्रयोगले बिजुली खपत अधिक गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न लागेको हो ।

त्यहाँको सरकारले एसीको निश्चित तापमान निर्धारण गर्ने र सो अनुसार मात्र एसीको प्रयोग गर्न पाईने नियम ल्याउन लागेको छ ।
भारतको बिजुली मन्त्रालयले एयर कण्डिसनरको तापमान सामान्यरुपमा २४ डिग्री निर्धारण गर्ने योजना लिएको छ ।

तापमानमा हुने नियन्त्रणले भारतमा वार्षिक २० अर्ब यूनिट बिजुलीको बचत हुने तथा स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने बताईएको छ ।
हाल भारतमा विभिन्न कार्यालय तथा होटलहरुमा एयर कण्डिसनरको तापमान १८ देखि २१ डिग्रीमा राख्ने गरिएको भारतीय मन्त्रीको भनाई छ ।

सो विषयमा भारतीय सरकारले एक सर्वेक्षण गराउने र सो आधारमा नयाँ नियम लागू गराउने बताईएको छ ।

हाल भारतमा ६ प्रतिशत घरमा एसीको प्रयोग हुने गरेको छ भने हाल जडान भएको एसीको क्षमता ८ करोड टन अफ रेफ्रिजरेटर रहेको छ ।

एजेन्सी

easy care

प्रकाशित: १० असार २०७५, आईतवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार