नेपाल टेलिकमको ‘मिस्ड कल एलर्ट’ पुनः संचालनमा, मासिक ५ रुपैयाँ तिरेर सेवा लिन सकिने

Technology Khabar १४ जेष्ठ २०७५, सोमबार

नेपाल टेलिकमको ‘मिस्ड कल एलर्ट’ पुनः संचालनमा, मासिक ५ रुपैयाँ तिरेर सेवा लिन सकिने
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले मिस्ड कल एलर्ट (Missed Call Alert-MCA) सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले सो सेवा सोमबार जेठ १५ गतेदेखि पुनः सञ्चालनमा ल्याउने भएको छ।

जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ। यो सेवा शुभारम्भ भए पश्चात् सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको वारेमा एसएमएस मार्फत नोटिफिकेसन आउनेछ।

कति लाग्छ शुल्क

नेपाल टेलिकमको जीएसएम मोबाइल फोन प्रयोगकर्ताहरुलाई हाल यो सेवा १५ दिनका लागि कम्पनीले निःशुल्क उपलब्ध गराउने भएको छ । त्यसपछि भने मासिकरुपमा ५ रुपैयाँ शुल्क लाग्ने कम्पनीले जानकारी दिएको छ।

कसरी सुचारु गर्ने

सेवा शुभारम्भ गर्नको लागि उपभोक्ताले sub mca अब लेखेर १४०० मा एसएमएस गर्ने वा *1400# डायल गर्नुपर्ने हुन्छ।

easy care

प्रकाशित: १४ जेष्ठ २०७५, सोमबार

ताजा समाचार