माइक्रोम्याक्सको एन्ड्रोयड गोमा आधारित पहिलो स्मार्टफोन ‘भारत गो’ सार्वजनिक

Technology Khabar ९ जेष्ठ २०७५, बुधबार

माइक्रोम्याक्सको एन्ड्रोयड गोमा आधारित पहिलो स्मार्टफोन ‘भारत गो’ सार्वजनिक

काठमाडौं ।

काठमाडौं । भारतीय मोबाइल फोन निर्माता कम्पनी माइक्रोम्याक्सले माइक्रोम्याक्स भारत गो (Micromax Bharat Go) स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्पनीले पहिलो पटक गो एडिशनको फोन भारतीय टेलिकम कम्पनी एयरटेलसँग सहकार्य गरेर सार्वजनिक गरेको हो ।

माइक्रोम्याक्सको भारत गो एडिसनको स्मार्टफोन एन्ड्रोयडको गो एडिसनमा आधारित रहेको छ, जून लो एण्ड स्मार्टफोनका लागि गूगलले तयार पारेको अपरेटिंग सिस्टम हो । यसमा पहिलेदेखि नै जीमेल गो, म्याप्स गो, फाइल्स गो, क्रोम, यूट्यूब गो, असिस्टेन्ट गो, प्ले स्टोर र जीबोर्ड राखिएको हुन्छ ।

यो स्मार्टफोनमा ४.५ इन्चको डिस्प्ले राखिएको छ भने मिडियाटेक क्वाड प्रोसेसरका साथमा १ जीबी र्याम तथा ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।

फोटोका लागि फोनमा ५ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

फोनमा पावर ब्याकअपका लागि २,००० एमएएचको ब्याट्री छ । फोनमा ड्यूल सिम कार्ड स्लट, फोरजी भीओएलटिई सपोर्ट राखिएको छ ।

माइक्रोम्याक्स भारत गोको बजार मूल्य ४,३९९ भारु तोकिएको छ, तर एयरटेलसँगको सहकार्यमा आएको फोन भएको हुँदा खरिदमा क्यासब्याक दिईएको छ । यो डिभाइस किन्दा ग्राहकले भारु २,००० को डिस्काउन्ट प्राप्त गर्ने बताईएको छ ।

easy care

प्रकाशित: ९ जेष्ठ २०७५, बुधबार