नेपालमा पहिलो पटक ‘सामसङ फोरम २०१८’ कार्यक्रम आयोजना

Technology Khabar ८ चैत्र २०७४, बिहीबार

नेपालमा पहिलो पटक ‘सामसङ फोरम २०१८’ कार्यक्रम आयोजना

काठमाडौं ।

काठमाडौं, ८ चैत । सामसङ नेपालले आफ्ना खुद्रा तथा व्यावसायिक साझेदारहरुसँग तीन दिने अन्तक्रियात्मक सामसङ फोरमको आयोजना गरेको छ ।

सामसङ साउथ वेष्ट एसियाका अध्यक्ष तथा कार्यकारी अधिकृत एच्.सी.होङको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रम मार्च २१ देखि मार्च २३ सम्म काठमाडौंमा आयोजना गरिएको हो । कार्यक्रममा सामसङ नेपालका नेतृत्वको सहभागिता रहेको थियो ।

२०१७ मा खोज अनुसन्धान र प्रविधि विकासमा झण्डै १५ अरब खर्च गरेको यस कम्पनी विश्वमै नवितम प्रविधिको विकास र अनुसन्धानमा तल्लिन रहेको अग्रनि कम्पनीमा पर्दछ ।

‘सामसङले उपभोक्ताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना उत्पादनलाई निरन्तर नवीन भविष्यउन्मुखी अनि उच्च गुणस्तरीय बनाउँदै लाग्ने छ,’ आइ एम बिज का अध्यक्ष तथा सामसङ नेपाल मोबाइल शाखाका प्रमुखले भने ।

‘नेपालमा उपभोक्ताहरुको लागि हामीले मोबाइल, टेलिभिजन, वासिङ मेसिन र रेफ्रिजरेटर लगायतका सामानको पहिलो रोजाईको ब्राण्डको रुपमा स्थापित छौँ । यो उपलब्धि हाम्रा साझेदारहरुको अथक लगनबाट मात्र सम्भव भएको हो,’ उनले थप भने ।

कार्यक्रममा सहभागी साझेदारहरुलाई सामसङ नेपालको भविष्यको कार्ययोजना तथा कम्पनीको नयाँ उत्पादनहरुसँग अध्यावधिक गरिएको थियो ।

पहिलो दिनको कार्यक्रम साझेदारहरुको लागि आयोजना गरिएको थियो भने दोश्रो दिन प्रिन्ट तथा डिजिटल क्षेत्रका मिडियासँग सामसङको नेतृत्वको साक्षत्कार कार्यक्रम राखिएको थियो । कार्यक्रमको तेस्रो तथा अन्तिम दिन व्यावसायिक साझेदारसँग भेटघाट तथा अन्तर्किया कार्यक्रम गरिने कम्पनीले जानकारी दिएको छ ।

easy care

प्रकाशित: ८ चैत्र २०७४, बिहीबार

ताजा समाचार