ग्यालेक्सी एस ९ पछि सामसंग ग्यालेक्सी नोट ९ ल्याउने तरखरमा

Technology Khabar १८ फाल्गुन २०७४, शुक्रबार

ग्यालेक्सी एस ९ पछि सामसंग ग्यालेक्सी नोट ९ ल्याउने तरखरमा

काठमाडौं ।

काठमाडौं, १८ फागुन । सामसंगको नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस (Galaxy S9 and S9+) स्मार्टफोन सार्वजनिक भएको केहि दिनमात्र भएको छ । अझै यो स्मार्टफोन बजारमा आईसकेको छैन तर कम्पनीको नयाँ फोन ग्यालेक्सी नोट ९ (Galaxy Note 9) को बारेमा रिपोर्टहरु आउन थालेका छन् ।

कम्पनीले आफ्नो ग्यालेक्सी नोट ८ (Galaxy Note 8) को सक्सेसरको रुपमा ल्याउन लागेको नोट नाइनको बारेमा केहि जानकारीहरु ब्राउजर बेन्चमार्कमा देखिएको छ । जसले सामसंगको नोट नाइनको केहि फीचरहरुको बारेमा जानकारी दिन्छ ।

के के हुनेछ फीचहरु

सामसंग ग्यालेक्सी नोट नाइनको मोडल नम्बर एसएम ए९६०यू (SM- A960U) राखिएकोछ, जसमा यू ले यूएसको लागि भएको मोडल भनेर चिनाउँछ । जसमा संभवत क्वालकमको स्न्यापड्रागन ८४५ प्रोसेसर प्रयोग गरिनेछ ।

सार्वजनिक भएको बेन्चमार्क फीचरअनुसार नोट नाइनमा पनि एस नाइनको जस्तै १८.५ः९ अस्पेक्ट रेसियो इन्फिनिटी डिस्प्ले हुनेछ भने यो फोन एन्ड्रोयड ओरियोमा आधारित भएर संचालन हुनेछ । यी फीचरहरु हालै सार्वजनिक भएको ग्यालेक्सी एस नाइनमा पनि रहेका छन् ।

अहिले एन्ड्रोयडको ८.० भर्सन भएपनि ग्यालेक्सी नोट नाइन बजारमा पुर्याउने बेलासम्ममा त्यसमा अपडेट भएर एन्ड्रोयड ८.१ हुनसक्नेछ ।
यसका साथै कम्पनीले नोट नाइनमा आन्तरिकरुपमा केहि अपग्रेडहरु दिनसक्नेछ भने सुधारिएको क्यामरा फीचर पनि राख्ने अनुमानछ, जसमा सूपर स्लो मोसन भिडियो फीचरसमेत हुने अनुमान गरिएको छ ।

यो फोनको थप जानकारीहरु अहिलेसम्म आएका छैनन तर आगामी दिनमा निरन्तर यसको बारेमा जानकारीहरु आउने छन त्यसपछि भने यो फोनको बारेमा केहि स्पष्ट अनुमान गर्न सकिन्छ ।

माध्यम

easy care

प्रकाशित: १८ फाल्गुन २०७४, शुक्रबार

ताजा समाचार