सामसंग ग्यालेक्सी एस नाइन र एस नाइन प्लस जनवरीमा, यस्तो छ विशेषताहरु

Technology Khabar ७ मंसिर २०७४, बिहीबार

सामसंग ग्यालेक्सी एस नाइन र एस नाइन प्लस जनवरीमा, यस्तो छ विशेषताहरु

काठमाडौं ।

काठमाडौं, ७ मंसिर । सामसंगको ग्यालेक्सी एस एट र एस एट प्लसको सफलताबाट निकै हौसिएको छ । कम्पनीले यसको सक्सेसरको रुपमा नयाँ फ्ल्यागशिप फोन ग्यालेक्सी एस नाइन र एस नाइन प्लस निर्माण गरिरहेको जानकारी यसअघि नै बाहिर आएको थियो ।

कम्पनीले आउँदो जनवरीमा नयाँ फोन ग्यालेक्सी एस नाइन र एस नाइन प्लस (Galaxy S9 and S9+) सार्वजनिक गर्ने तयारीमा रहेको छ । कम्पनीले अमेरिकामा आयोजना हुने कन्जूमर इलेक्ट्रोनिक्स सो २०१८ मा नयाँ फोन प्रदर्शन गर्ने योजना लिएको सूचना बाहिर आएको छ ।

कम्पनीले सीईएस २०१८ मा साँच्चिकै देखाउँछ भन्ने कुनै स्पष्टता भने छैन् । जे भएतापनि सामसंगले आधिकारिकरुपमा फोन सार्वजनिक गर्ने योजना भने मार्च महिनाका लागि बनाउँदै गरेको छ । कम्पनीले कहिले नयाँ फोन सार्वजनिक गर्छ त्यो थाहा पाउन भने केहि समय कुनै पर्दछ ।

ग्यालेक्सी एस नाइन र एस नाइन प्लसका विशेषताहरु

सामसंगको ग्यालेक्सी एस नाइन र एस नाइन प्लसमा यसका पूर्ववर्ति अर्थात ग्यालेक्सी एस एट र एस एट प्लसको जत्रै साइजको स्क्रीन हुनेछ भने हेर्दा उस्तै देखिनेछ । सन् २०१८ मा कोरियन कम्पनीले कुनै नयाँ क्रान्तिकारी डिजाइनमा फोन नल्याउने अनुमान गरिएको छ । तर कम्पनीले यसको स्पेशिफिकेसनमा भने ग्यालेक्सी एस एट र एस एट प्लसको भन्दा निकै ठूलो परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ ।

सामसंगको ठूलो स्क्रीन भएको ग्यालेक्सी एस नाइन प्लसमा भने ड्यूल रियर क्यामरा सेटअप हुन सक्नेछ भने एस नाइनको भन्दा अधिक र्याम क्षमता हुने बताईएको छ । संभवत ग्यालेक्सी एस नाइनमा ४ जीबी र्याम हुनेछ भने एस नाइन प्लसमा ६ जीबीको र्याम हुनेछ ।

यसका साथै सामसंगले यो पटक फिंगरप्रिन्टको समस्या पनि समाधान हुनेछ भने एस नाइनको संस्करण एकेजी ब्राण्डेड स्टेरियो स्पीकरका साथमा आउनेछ ।

नयाँ ह्याण्डसेटहरुमा १० नानोमिटरको चीपसेट प्रयोग गरिने र आन्तरिक स्टोरेज ६४ जीबी हुने संभावना रहेको छ ।

माध्यम

easy care

प्रकाशित: ७ मंसिर २०७४, बिहीबार