एलजीले ल्यायो टप लोडेड वासिङ मेसिन, ३६ प्रतिशत ऊर्जा बचत गर्ने

Technology Khabar ४ मंसिर २०७४, सोमबार

एलजीले ल्यायो टप लोडेड वासिङ मेसिन, ३६ प्रतिशत ऊर्जा बचत गर्ने

काठमाडौं ।

काठमाडौं, ४ मंसिर । एलजी ब्राण्डको लागि अधिकारिक बिक्रेता चौधरी समूह अन्तर्गतको सिजि इम्पेक्सले नेपाली बजारमा ‘फ्यूचर अफ वासिङ’ भन्ने नाराका साथ ७ र ८ केजीका नयाँ टप लोडेड वासिङ मेसिन बजारमा ल्याएको छ ।

विश्व बजार र नेपाली बजारमा अग्र स्थानमा आफ्नो पहिचान कायम राख्न सफल एलजीका वासिङ मेसिन गुणस्तरिय र इन्नोभेटिभ उत्पादनका लागि प्रख्यात रहेको कम्पनीको भनार्इ छ । यी वासिङ मेसिनमा टर्बो ड्रम जडान गरिएको छ । जसको प्रयोगले तीन फरक किसिमले लुगाधुने गर्दछ ।

दुबै मेसिनमा स्मार्ट इन्भर्टर मोटर जडान गरिएको छ । जसमा कम्पनीले १० वर्षको वारेण्टी दिने कम्पनीले जनाएको छ ।

यसमा भएको बीएमसी मोटर वाटर प्रुफ र खिया नलाग्ने रहेको कम्पनीको दाबी छ । यी वासिङ्ग मसिनले ३६ प्रतिशत उर्जा बचत गर्ने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ४ मंसिर २०७४, सोमबार