ड्यूल क्यामरा सेटअप भएको सामसंग ग्यालेक्सी एस एट प्लस

Technology Khabar २३ चैत्र २०७३, बुधबार

ड्यूल क्यामरा सेटअप भएको सामसंग ग्यालेक्सी एस एट प्लस

काठमाडौं ।

काठमाडौं, २३ चैत । सामसंगले नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस एट (Galaxy S8) तथा ग्यालेक्सी एस एट प्लस (Galaxy S8+) सार्वजनिक गरिसकेपछि पनि यसको बारेमा नयाँ नयाँ समाचारहरु आउने क्रम जारी नै छ ।

यो स्मार्टफोन सार्वजनिक हुनुभन्दा अगाडि नै सामसंगले ड्यूल क्यामरा सेटअप सन् २०१७ को फ्ल्यागशिप स्मार्टफोनमा राख्नसक्ने चर्चा भएको थियो । तर पनि कम्पनीले सिंगल रियर क्यामरा सहित नै ग्यालेक्सी एस एट तथा एस एट प्लस बजारमा ल्यायो ।

तर फेरी अहिले सामसंगले ग्यालेक्सी एस एट प्लसमा ड्यूल क्यामरा राख्न सक्ने चर्चा शुरु भएको छ । ग्यालेक्सी एस ८ प्लसको प्रोटोटाइप यूनिटको फोटो बाहिर आएको छ जसमा ड्यूल क्यामरा सेटअप राखिएको देखिन्छ ।

सामसंगको नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस एट तथा एस एट प्लस यहि अप्रिल २१ देखि बजारमा बिक्रीका लागि तयार भएको बेला फेरी सामसंगले नयाँ टेस्ट गरिरहेको रिपोर्टहरु आएका छन् ।

चीनियाँ माइक्रोब्लगिंग साइट वेबोमा आएको तस्वीरमा सामसंग ग्यालेक्सी एस एट प्लसको प्रोटोटाइपमा ड्यूल क्यामरा देखिन्छ । यो तस्वीरमा एक क्याप्सूल जस्तो मोड्यूलको भित्र दुईवटा क्यामरा राखिएको छ । भने त्यसको तल्लो भागमा सेन्सर तथा फ्ल्याश लाइट राखेको देखिन्छ ।

अझ रोचक विषय भनेको प्रोटोटाइपको मोडल नम्बर र कम्पनीले लन्च गरेको ग्यालेक्सी एस एट प्लसको मोडल नम्बर पनि समान रहेको छ । यसका साथै यो स्मार्टफोनको ब्याक साइडमा फिंगरप्रिन्ट पनि देखिँदैन् । यसको अर्थ फिंगरप्रिन्ट सेन्सर डिस्प्लेमा राखिनेछ ।

अधिकांशको अनुमानमा यो प्रोटोटाइप तस्वीर कम्पनीले नयाँ फ्ल्यगशिप स्मार्टफोन सार्वजनिक गर्नुभन्दा पहिलेको हो र कम्पनीले यस्ता कयौं परिक्षण गरेको अनुमान छ ।

सामसंगले ड्यूल क्यामरा सेटअपसहितको ग्यालेक्सी एस एट ल्याउँछ भनेर विश्वास गर्नुभन्दा पहिले कम्पनीले पक्कै पनि नयाँ आइफोन ८ सार्वजनिक गर्ने अवधिलाई कुर्नेछ भनेर बुझ्नुपर्ने हुन्छ ।

अथवा कम्पनीले यो फिचरसहितको ग्यालेक्सी नोट एट ल्याउन सक्छ भनेर अनुमान गर्न सकिन्छ ।

माध्यम

easy care

प्रकाशित: २३ चैत्र २०७३, बुधबार