असुसले ‘जेनफोन ३ म्याक्स’ भारतमा उत्पादन गर्ने

Technology Khabar १४ मंसिर २०७३, मंगलवार

असुसले ‘जेनफोन ३ म्याक्स’ भारतमा उत्पादन गर्ने

काठमाडौं ।

काठमाडौं, १४ मंसीर । ताइवानी स्मार्टफोन निर्माता कम्पनी असुसले भारतमा स्मार्टफोन निर्माण गर्ने घोषणा गरेको छ । कम्पनीले केहि महिना अघि सार्वजनिक गरिएको जेनफोन ३ म्याक्स (Zenfone 3 Max) स्मार्टफोन भारतमा उत्पादन गर्ने मंगलवार घोषणा गरेको हो ।

कम्पनीले यो स्मार्टफोन यहि डिसेम्बरदेखि उत्पादन गर्ने जानकारी दिएको छ । भारतको मेक इन इण्डियाको अभियान अन्तर्गत कम्पनीले यो फोन उत्पादन गर्न लागेको बताईएको छ ।

असुस इण्डियाका देशिय निर्देशक तथा क्षेत्रीय प्रमुख पीटर चांगले ताइवान कम्पनीका लागि केन्द्रमा भएपनि भारत सबैभन्दा महत्वपूर्ण बजारमध्ये एक भएको र भारतमा आफ्नो उपस्तिथी ससक्त बनाउने बारेमा ध्यान दिईरहेको बताए ।

असुसको यो तेस्रो फोन हो जुन भारतमा स्थानीय स्तरमा उत्पादन हुनेछ । यसअघि कम्पनीले जेनफो २ लेसर तथा जेनफोन गो गत वर्षदेखि भारतमा नै उत्पादन गर्दै आएको छ ।asus_zenfone_3_max

असुसले हालै सार्वजनिक गरेको जेनफोन ३ म्याक्सको दुईवटा मोडल रहेका छन्  एउटा ५.५ इन्च तथा अर्को ५.२ इन्च स्क्रीनमा उपलब्ध छ । यो स्मार्टफोन अल्मुनियम एलोएको मेटल बडीद्धारा बनाईएको छ ।

जेनफोन ३ म्याक्सको ५.२ इन्च मोडलमा ३ जीबी र्याम तथा ३२ जीबी स्टोरेज छ, जसलाई बढाउन सकिन्छ । फोटोका लागि यसमा १३ मेगापिक्सेलको रियर क्यारमा तथा ५ मेगापिक्सेलको फ्रन्ट सुटर छ ।

त्यसैगरी जेनफोन ३ म्याक्स ५.५ इन्चको मोडलमा पनि ३ जीबीको र्याम छ भने १६ मेगापिक्सेलको रियर क्यारमा तथा ५ मेगापिक्सेलको फ्रन्ट सुटर छ । अन्य स्पेशिफिकेसन भने ५.२ इन्चको जस्तै रहेका छन् ।

easy care

प्रकाशित: १४ मंसिर २०७३, मंगलवार