सामसंगको पहिलो क्वान्टम डट कर्ब्ड गेमिंग मनिटर सार्वजनिक

Technology Khabar १ कार्तिक २०७३, सोमबार

सामसंगको पहिलो क्वान्टम डट कर्ब्ड गेमिंग मनिटर सार्वजनिक

काठमाडौं ।

काठमाडौं, १ कात्तिक । सामसंगले क्वान्टम डट कर्ब्ड गेमिंग मनिटर (Quantum dot curved gaming monitor) सार्वजनिक गरेको छ । सिएफजी ७० गेमिंग मनिटर व्यवसायीक गेमरलाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।

सामसंगको नयाँ क्वान्टम डट कर्ब्ड गेमिंग मनिटरमा सुधारिएको पिक्चर क्वालिटि तथा प्लेयर फ्रेन्डली फीचरहरु रहेका छन् । यो नयाँ मनिटर पहिलो पटक गेम्सकम २०१६ तथा आईएफए २०१६ मा पहिलो पटक देखाईएको थियो ।

सामसंगको गेमिंग मनिटर २४ इन्च तथा २७ इन्च मोडलमा उपलब्ध हुनेछ भने यसको डिस्प्लेमा १८०० आर कर्भेचर विशेषता तथा १७८ डिग्रीको वाइड भ्यूईंग एंगल रहेको छ । यो मनिटरमा प्रयोगकर्ताको एमएमडी ग्राफिक्स कार्डसँग सिन्क्रोनाइज हुने गरि एएमडी फ्रीसिन्क टेक्नोलोजी राखिएको छ ।

सामसंगले यो नयाँ मनिटरमा गेमर फ्रेन्डली फीचर राखेको छ, यसमा गेमिंग इन्टरफेसलगायत हट किहरुको श्रेणी मनिटरको अगाडी तथा पछाडिको भागमा राखिएको छ, जसले गेमप्ले सेटिंगहरुलाई सहजै मिलाउन सकिन्छ ।

सामसंगले क्वान्टम डट गेमिंग मनिटर पहिलो पटक विश्व बजारमा सार्वजनिक गरेको हो । यो मनिटरको मूल्य बजारअनुसार फरक फरक हुने बताईएको छ ।

स्रोत  माध्यम

easy care

प्रकाशित: १ कार्तिक २०७३, सोमबार