हिमस्टारको “सबै ह्याप्पी सबै लक्की” अफर

Technology Khabar १० आश्विन २०७३, सोमबार

हिमस्टारको “सबै ह्याप्पी सबै लक्की” अफर

काठमाडौं ।

काठमाडौं, १० असोज । हिमस्टार इलेक्ट्रोनिक्स तथा होम अप्लाएन्सका आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रालिले हिमस्टार (Himstar) होम अप्लाएन्समा “सबै ह्याप्पी सबै लक्की” योजना सार्वजनिक गरेको छ ।

नेपालीहरुको महान चाड बडा दशैं तथा तिहारको अवसर पारेर, कम्पनीले हिमस्टारका रेफ्रिजेरेटरहरु, एलईडी टिभीहरु तथा चेस्ट फ्रिजरहरुमा ग्यारेण्टी गरिएका उपहारहरु ग्राहकहरुले प्राप्त गर्न सक्ने घोषणा गरेको छ ।

खरिदकर्ताहरुले हरेक 4 Star Single door Fridge को खरिदमा हिमस्टार आइरन, 5 Star Single Door Fridge को खरिदमा बजाज आइरन, हिमस्टार चेस्ट फ्रिजरको खरिदमा टिसर्ट प्राप्त गर्नेछन् । त्यसैगरी खरिदकर्ताहरुले ३९ इन्च, ४० इन्च र ५० इन्चको हिमस्टार एलईडी टिभीको खरिदमा हिमस्टार राइसकुकर प्राप्त गर्नेछन् भने १९ इन्च, २० इन्च, २२ इन्च, २४ इन्च र ३२ इन्चको एलईडि टिभीको खरिदमा विण्डचीटर निशुल्क प्राप्त गर्नेछन् ।

यो दशैं तथा तिहारमा ग्राहकहरुले हिमस्टारका उत्पादनहरु खरिद गरेर उत्कृष्ट अनुभव लिन सक्ने कम्पनीको विश्वास छ । सबै लक्की सबै ह्याप्पी योजना यहि तिहारसम्म लागू हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: १० आश्विन २०७३, सोमबार

ताजा समाचार