दशैँको अवसरमा सामसङको क्यासब्याक अफर

Technology Khabar ३१ भाद्र २०७३, शुक्रबार

दशैँको अवसरमा सामसङको क्यासब्याक अफर

काठमाडौं ।

काठमाडौं, २७ भदौ । नेपालीहरुको महान चाड बडा दशैँको शुभ अवसरमा सामसङले आफ्ना उपभोक्ताहरुका लागि ईन्ष्ट्यान्ट क्यासब्याक अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत सामसङका टीभी र होम अप्लायन्सेस्को खरिद गर्दा उपभोक्ताले तत्कालै २० प्रतिशतसम्म ईन्ष्ट्यान्ट क्यासब्याक (नगद फिर्ता) पाउने छन् ।

सामसुङ नेपालका लागि कञ्जुमर ईलक्ट्रोनिक्सको आधिकारिक विक्रेता हिम ईलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी व्यापारले आफ्ना उपभोक्ताका लागि यो अफर सार्वजनिक गरेको हो । अफरको नाम “दशैँ आयो सामसङ ल्याउँला क्यासब्याक पाउँला” राखिएको छ ।

ईन्ष्ट्यान्ट क्यासब्याक अफर १५ सेप्टेम्बर देखि १५ नोभेम्बरसम्म वा स्टक रहुन्जेलसम्मका लागि मात्र लागुहुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार सामसुङका टीभी (एसयूएचडी, कर्भ, यूएचडी र एफएचडी), रेफ्रिजिरेटर (सिङ्गलडोर, डबल डोर), वासिङ मेसिन (फ्रण्ट लोड, टप लोड) लगायतका छानिएका उपकरणमा योजना लागु हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ३१ भाद्र २०७३, शुक्रबार