सामसुंगको ग्यालेक्सी एस एटमा फोरके यूएचडी डिस्प्ले हुनसक्ने

Technology Khabar २६ जेष्ठ २०७३, बुधबार

सामसुंगको ग्यालेक्सी एस एटमा फोरके यूएचडी डिस्प्ले हुनसक्ने

काठमाडौं ।

काठमाण्डौं, २६ जेठ । सामसुंगले ल्याउने अर्को फ्ल्यागशिप स्मार्टफोनको बारेमा चर्चा शुरु भएको छ । कम्पनीले ल्याउने नयाँ फ्ल्यागशिप फोन संभवत ग्यालेक्सी एस एट (Galaxy S8) हुनेछ । यो स्मार्टफोनमा ५.५ इन्चको फोर के यूएचडी (4K UHD) डिस्प्ले हुने बताईएको छ ।

एउटा बजार अनुसन्धान संस्थाका अनुसार सामसुंगले आागमी एस एटमा ‘फोर के अल्ट्रा हाई डेफिनिशन डिस्प्ले (4K UHD)’ प्रयोग गर्नेछ । कोरियाली कम्पनी सामसुंग फ्ल्यागशिप स्मार्टफोनहरुमा फोर के रिजोल्यूशन भएको डिस्प्ले प्रयोग गर्ने पहिलो टेक कम्पनी हो । यस्तो प्यानलको प्रयोग सोनीले गत वर्ष सार्वजनिक गरेको जेड फाइभ प्रिमियममा गरेको थियो ।

सामसुंग डिप्लेमा ५.५ इन्चको ८०६ पीपीआई पिक्सेल डेन्सिटिसहितको यूएचडी फोर के डिस्प्ले भच्र्यूअल रियालिटी डिभाइसका लागि देखिएको छ । यो सोसाईटि फर इन्र्फमेशन डिस्प्लेका लागि हो, यो डिस्प्ले मार्चमा क्यालिफोर्नियामा आयोजित डिस्प्ले ट्रेड शोमा देखिएको थियो । यूबीआई रिसर्चका एक अधिकारीले भने ।

आगामी महिनाहरुमा नेक्स्ट जेनेरेशनको डिस्प्लेमा सुधार हुँदै आउने अपेक्षा गरिएको छ, आगामी ग्यालेक्सी स्मार्टफोनमा ५.५ इन्चको एमोलेड डिस्प्ले राखिनेछ, यसको नाम संभवत एस एट हुनेछ ।

रिसर्च फर्मकाअनुसार सन् २०१०मा पहिलो ग्यालेक्सी स्मार्टफोन मोडल सार्वजनिक गरिएको थियो, जसमा ४ इन्चको एमोलेड डिस्प्ले राखिएको थियो ।

ग्यालेक्सी लाइनअपमा भएका डिस्प्लेहरुको साइज ३० प्रतिशतले वृद्धिहुँदै ५.५ इन्च पुगेको छ ।Samsung Screen quality

हाल बजारमा बिक्री भईरहेको पछिल्लो फ्ल्यागशिप फोन ग्यालेक्सी एस सेभेन एजमा ५.५ इन्चको कभ्र्ड एमोलेड क्यूएचडी डिस्प्ले राखिएकोछ ।

अनुसन्धान संस्थाले कम्पनीको सबै स्मार्टफोन लाइनअपमा करिब ७१ प्रतिशत ५ इन्चको डिस्प्ले वा त्यो भन्दा माथिको डिस्प्ले प्रयोग हुने प्रक्षेपण गरेको छ ।

सामसुंगले प्रत्येक दुई वर्षमा राम्रो पिक्चर क्वालिटिसहितको नयाँ डिस्प्ले बजारमा परिचित गराईरहेको छ ।

फोर के डिस्प्ले विशेषगरी भिआर सेक्टरमा महत्वपूर्ण हुनेछ । यो स्मार्टफोन कम्पनी तथा भिआर ग्याजेट निर्माता कम्पनीहरुले आफ्ना प्रयोगकर्तालाई अहिलेको भन्दा उत्कृष्ट भिआर अनुभव दिनपनि आवश्यक पर्नेछ ।

यहि आधारमा हेर्दा आगामी दिनमा सामसुंगले ग्यालेक्सी एस एटमा फोर के यूएचडी डिस्प्ले प्रयोग गर्नेछ ।

स्रोत माध्यम

easy care

प्रकाशित: २६ जेष्ठ २०७३, बुधबार