सामसुंग ग्यालेक्सी नोट सिक्स अगस्टमा सार्वजनिक हुने

Technology Khabar ३० बैशाख २०७३, बिहीबार

सामसुंग ग्यालेक्सी नोट सिक्स अगस्टमा सार्वजनिक हुने
ग्यालेक्सी नोट ५

काठमाडौं ।

काठमाडौं, ३० वैशाख । सामसुंग ग्यालेक्सी नोट सिक्सको (Galaxy Note 6) चर्चा निकै समयअघिदेखि चलिरहेको छ । यसको फिचर र स्पेशिफिकेशनको बारेमा बेला बेलामा समाचारहरु आउने गरेका छन् ।

सामसुंगको ग्यालेक्सी नोट ५ (Galaxy Note 5) को सक्सेसरको रुपमा आउन लागेको नयाँ नोट फोन ग्यालेक्सी नोट सिक्स सार्वजनिक हुने जानकारी आएको छ ।

सामसुंगको ग्यालेक्सी नोट सिक्स अमेरिकामा सार्वजनिक हुने मिति ‘लीक’ भएको छ । विभिन्न स्मार्टफोनहरुको जानकारी लीक गर्ने ईभान ब्लासले एटइभलीक्समार्फत ट्वीटरमा यसको सार्वजनिक हुने मितिको बारेमा जानकारी दिएका छन् ।

उक्त ट्विटरअनुसार सामसुंगको नयाँ फ्ल्यागशिप नोट फोन यहि आउँदो अगस्ट १५ तारिखको आसपासमा अमेरिकामा सार्वजनिक हुने भएको छ । यसअघि नोट फाइभ अगस्ट १३ तारिखमा सार्वजनिक गरिएको थियो ।Evan Blass on Twitter- -Samsung Galaxy Note 6 US release scheduled for week of August 15th.- 2016-05-12 17-44-02

सामसुंगले ल्याउन लागेको ग्यालेक्सी नोट सिक्समा स्न्यापड्यागन ८२३ चीपसेट राखिएको छ भने यसमा ५.८ इन्चको क्यूएचडी डिस्प्ले रहेको छ । यो फोन ६ जीबी र्यामसहित आउने अनुमान गरिएको छ ।

यसका साथै सामसुंगले यसको स्ट्याण्डर्ड मोडलका साथमा यसको लाइट संस्करण पनि ल्याउने चर्चा रहेको छ । ग्यालेक्सी नोट सिक्सको लाइट (Galaxy Note 6 Lite) भेरिएन्टमा स्न्यापड्रयाडन ८२० चीपसेटका साथमा ४ जीबीको र्याम हुनेछ भने एसको डिस्प्ले फूल एचडी राखिनेछ ।

माध्यम  स्रोत

easy care

प्रकाशित: ३० बैशाख २०७३, बिहीबार