सामसुंगको कुनै एउटा ग्यालेक्सी एस सेभेन वा एस सेभेन एज किन्दा अर्को निःशुल्क !

Technology Khabar ३० फाल्गुन २०७२, आईतवार

सामसुंगको कुनै एउटा ग्यालेक्सी एस सेभेन वा एस सेभेन एज किन्दा अर्को निःशुल्क !
फाइल फोटोः मोबाइल्स खबर

काठमाडौं ।

काठमाडौं, १ चैत । सामसुंगले भर्खरै मात्र नेपालमा आफ्नो पछिल्लो फ्ल्यागशिप ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा एस सेभेन एज (S7 Edge) बिक्रीका लागि उपलब्ध गराएको छ । कम्पनीले नेपालमा अहिले प्रि-बुकिंग गरिरहेको छ भने विश्वका विभिन्न मुलुकहरुमा पनि सामसुंगको यो फोन भर्खरै उपलब्ध हुन थालेको छ ।

यसअघिको सामसुंग ग्यालेक्सी एस सिक्स (Galaxy S6) र एस सिक्स एज (S6 Edge) को सक्सेसरको रुपमा आएको ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एजको माग पुरानो फ्ल्यागशिप भन्दा निकै बढेको कम्पनीले जानकारी दिईरहेको छ ।

फाइल फोटोः मोबाइल्स खबर
फाइल फोटोः मोबाइल्स खबर

तर केहि ग्राहकहरुले ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज एउटा खरिद गर्दा अर्को निशुल्क पाउनसक्ने भएका छन् ।

तपाईँलाई कोरियाली कम्पनी सामसुंगले भर्खरै बजारमा ल्याएको यो स्मार्टफोन निशुल्क पाउन सकिने भन्दा आश्चार्य लाग्यो होला ? तर यो सत्य हो । सामसुंगको ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज मध्ये कुनै एउटा फोन खरिद गर्दा अर्को सोहि फोन निशुल्क प्राप्त गर्न सकिन्छ ।

सामसुंगको नयाँ फोन ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज एउटा खरिद गर्दा एउटा निशुल्क प्राप्त गर्ने अवसर अनलाईनमा मात्र उपलब्ध रहेको छ भने सिमित अवधिको लागि मात्र तोकिएको छ ।

तर यो अवसर र सुविधा नेपाली ग्राहकहरु र प्रयोगकर्ताका लागि भने होईन । यो सुविधा अमेरिकामा रहेका टि-मोबाइल (T-Mobile) नेटवर्कका प्रयोगकर्ताका लागि मात्रै हो ।

IMG_20160309_125629
फाइल फोटोः मोबाइल्स खबर

अमेरिकाको मोबाइल क्यारियर टि-मोबाइलले आफ्ना प्रयोगकर्ताहरुलाई “बाई वान गेट वान फ्रि डिल” (Bye One Get One Free) आधिकारीक रुपमा नै घोषणा गरेको हो । कम्पनीले यो योजना ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज दुबैमा लागू गरेको छ ।

टि-मोबाइलले यो योजना सिमित अवधिको लागि ल्याएको जनाएको छ ।

अब यो योजनाले कसरी काम गर्दछ भन्ने हेरौं ।
यदि तपाईँले एस सेभेन तथा एस सेभेन एजमध्ये कुनै एक इन्स्टलमेन्ट अर्थात किस्ताबन्दि योजनामा खरिद गर्नुहुनेछ, र तपाईँले दोस्रो एउटा फोन रिबेट कार्डबाट पछि निशुल्क प्राप्त गर्नुहुनेछ ।अर्थात खरिद गरेको फोनको मूल्य बराबरको रकम रिबेट कार्डमार्फत फिर्ता हुनेछ ।

त्यसको लागि जे भएतापनि तपाईँले निशुल्क फोनको लाईनमा जोडिनुपर्ने हुन्छ । तपाईँले यो फोनसँगै सामसुंग गियर भिआर (Samsung Gear VR) हेडसेट निशुल्क प्राप्त गर्नुहुनेछ भने मार्च १८ तारिखभन्दा पहिले  ग्यालेक्सी एस सेभेन वा सेभेन एज खरिद गरेमा नेटफ्लिक्स (Netflix) को सेवा एक वर्षसम्म निशुल्क प्राप्त गर्न सक्नुहुनेछ ।IMG_20160309_125649

टि-मोबाइलले शुरुमा दुईवटा ग्यालेक्सी एस सेभेन वा एस सेभेन एज खरिद गर्नुपर्ने र यसको लागि ईआईपीमा शुन्य डाउनपेमेन्टमा खरिद गर्नुपर्ने उल्लेख गरेको छ ।

मार्च ११ तारिखदेखि ३२ जीबीको ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज टि मोबाइलमा ब्ल्याक ओनिक्स, गोल्ड प्लाटिनम र सिल्भर टाइटानियम कलरमा उपलब्ध हुने उल्लेख गरेको छ ।

३२ जीबीको एस सेभेनको मूल्य ६६९.९९ अमेरिकी डलर तोकिएको छ भने यसलाई शुन्य डाउनपेमेन्टमा २४ महिनाको प्रति महिना २८ डलरमा खरिद गर्न सकिनेछ । त्यसैगरी ३२ जीबीको एस सेभेन एजको मूल्य ७७९.९९ अमेरिकी डलर तोकिएको छ, जसलाई ५९.९९ अमेरिकी डलरमा डाउन पेमेन्टमा २४ महिनाको प्रति महिना ३० डलर भूक्तानी गर्नुपर्ने हुन्छ ।

मार्फत  स्रोत

easy care

प्रकाशित: ३० फाल्गुन २०७२, आईतवार

ताजा समाचार