सामसुंग ग्यालेक्सी ट्याब प्रो एसको मूल्य ९,९९ यूरो, विण्डोज १० मा आधारित ट्याबलेट

Technology Khabar २४ पुष २०७२, शुक्रबार

सामसुंग ग्यालेक्सी ट्याब प्रो एसको मूल्य ९,९९ यूरो, विण्डोज १० मा आधारित ट्याबलेट
फोटो साभारः सुमन बस्याल

काठमाडौं ।

काठमाडौं, २४ पुस । सामसुंगले केहि दिन अघि अमेरिकाको लाग भेगासमा चलिरहेको सिईएस २०१६ मा अप्रत्यासितरुपमा सार्वजनिक गरेको १२ इन्चको ग्यालेक्सी ट्याब प्रो एसको (Galaxy Tab Pro S) मूल्य निर्धारण गरिएको छ । कम्पनीले यो विण्डोज १० मा आधारित यो ट्याबलेट सार्वजनिक गर्दा यसको बारेमा थप केहि जानकारी दिएको थिएन् । तर अहिले यसको मूल्य तोकिएको सार्वजनिक भएको छ ।Galaxy_TabProS_01

अल अबाउट सामसुंगकाअनुसार सबैभन्दा आधारभूत मोडल जसमा वाईफाई कनेक्टिभिटी मात्र छ भने यसमा विण्डोज १० होम राखिएको छ, यसको मूल्य जर्मनीमा ९,९९ यूरो तोकिएको छ । त्यसैगरी यसको प्रो भर्सनको अपरेटिंग सिस्टम भएकोलाई थप १०० यूरो तोकिएको छ भने यसमा पनि एलटिई सेलुलर सपोर्ट गर्ने, विण्डोज १० प्रो अपरेटिंग सिस्टम राखिएको र एलटिई भएकोलाई १,२९९ यूरो तोकिएको छ । यो मूल्यमा ट्याबलेटका लागि आवश्यक कि बोर्ड पनि उपलब्ध हुने बताईएको छ ।Galaxy_TabProS_02

यसमध्ये पनि कुन स्टोरेज क्षमताको ट्याबलेटको मूल्य हो भन्ने खुलाईएको छैन् । यसमा दुई भर्सन अर्थात १२८ जीबी र २५६ जीबीको ट्याबलेट रहेको छ । अर्कोतर्फ अम्याजन डट डेले भने १२८ जीबीको लागि ९,९९ यूरो तोकेको उल्लेख गरेको छ, जुन एक मात्र सामसुंग ट्याव प्रो एसको मोडल हो ।

यहि आधारमा हेर्दा सामसुंगको सबैभन्दा धेरै स्टोरेज भएको ट्याबको मूल्य भने १,२९९ यूरो हुनसक्ने अनुमान गरिएको छ । सामसुंगले आफ्नो नयाँ ट्याबलेटको मूल्य निकै प्रतिस्पर्धिरुपमा गरेको छ । किनकी यहि मूल्यमा माइक्रोसफ्टको सर्फेस प्रो ४ ट्यालबेट उपलब्ध छ जसमा एमोलेड डिस्प्ले भने छैन् ।

सामसुंगको ग्यालेक्सी ट्याब प्रो एसमा इन्टेल कोर एमथ्री ६ वाई ३०(Intel Core m3 6Y30 Processor) प्रोसेसर राखिएकोछ । जसमा ४ जीबीको र्याम छ भने फूलएचडी प्लस सूपर एमोलेड (FHD+ Super AMOLED) डिस्प्ले रहेको छ ।

त्यसैगरी यसमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा फ्रन्ट क्यामरा पनि रहेको छ भने कनेक्टिभिटीका लागि वाईफाई, ब्लूटूथ लगायतका अप्सन रहेका छन् । यो ट्याबमा ५,२०० एमएएचको ब्याट्री राखिएको छ ।

यो ट्याब बजारमा फ्रेबु्रअरीदेखि मात्र बिक्री शुरु हुनेछ भने विभिन्न बजारमा यसको मूल्य फरक फरक तोकिनेछ ।

easy care

प्रकाशित: २४ पुष २०७२, शुक्रबार