सामसुंगको ग्यालेक्सी एस सेभेनमा ५.१ इन्चको स्क्रीन, तीन भिन्न साइजको फोनहरु आउनसक्ने

Technology Khabar १६ पुष २०७२, बिहीबार

सामसुंगको ग्यालेक्सी एस सेभेनमा ५.१ इन्चको स्क्रीन, तीन भिन्न साइजको फोनहरु आउनसक्ने

काठमाडौं ।

काठमाण्डौं, १६ पुस । सामसुंग ग्यालेक्सीको नयाँ फ्ल्यागशिप फोन ग्यालेक्सी एस सेभेन (Galaxy S7) कस्तो हुन्छ भन्ने अझैपनि स्पष्ट भएको छैन् । ग्यालेक्सी एस सेभेनको स्क्रीन कस्तो हुने र कति साईजको हुन्छ भन्ने उत्सुकता रहेपनि त्यसको बारेमा कुनै ठोस जानकारी आएको छैन् ।

सामसुंग ग्यालेक्सी एस सेभेनको स्क्रीन साइज कति हुने, कर्भ्ड हुने वा नहुने बारेमा त्यसको सबैभन्दा नजिकको कम्पनी आईटिस्कीन्सबाट (ITSKINS) केहि जानकारी आएको छ ।

MobilesKhabar_02

सामसुंगको मूख्य आधारभूत ग्यालेक्सी एस सेभेनको स्क्रीन ५.१ इन्चको हुनेछ भने त्यसमा कुनै कर्भ्ड अप्सन छैन, अर्थात फ्ल्याट हुने टेक साइट जीएसएमएरेनाले जनाएको छ । त्यसैगरी ग्यालेक्सी एस सेभेन एजमा त्यो भन्दा ठूलो ५.५ इन्चको स्क्रीन हुनेछ भने यो फोन कर्भ्ड हुनेछ । सामसुंगले पनि एप्पलको आईफोनको प्लस सिरिज जस्तै प्लस सिरिजमा ग्यालेक्सी एस सेभेन प्लस ल्याउनेछ जुन ६ इन्चको हुनेछ भने यसमा दुई स्क्रीन अप्शन हुनसक्नेछ ।MobilesKhabar_03

यसका साथै सामसुंगले अतिरिक्त संस्करणको पनि योजना बनाईरहेको छ, जुन आईटिस्कीन्सलाई अधिक जानकारी छैन् । यो आधारमा हेर्दा प्रयोगकर्तालाई स्क्रीन साइजको आधारमा छनौटको अवसर हुनेछ । भविश्यमा ग्यालेक्सी एस सेभेनको सानो, मध्यम र ठूलो स्क्रीन साइजमा स्मार्टफोन उपलब्ध हुनसक्ने जिएसएम एरेनाले उल्लेख गरेको छ । यसमध्ये मध्यम र ठूलो संस्करणमा कभ्र्ड स्क्रीन हुनेछ, जुन स्टाईलमा सजग उपभोक्ताहरुका लागि हुनेछ ।

यो जानकारी आईरहँदा अझैपनि सामसुंगको स्मार्टफोनको लाइनअपको बारेमा स्पष्ट जानकारी भने आईसकेको छैन् ।

easy care

प्रकाशित: १६ पुष २०७२, बिहीबार