माइक्रोम्याक्सको स्मार्टफोन ‘क्यानभास ब्लेज फोरजी प्लस’, बजेट मूल्यमा फोरजी फोन

Technology Khabar २९ कार्तिक २०७२, आईतवार

माइक्रोम्याक्सको स्मार्टफोन ‘क्यानभास ब्लेज फोरजी प्लस’, बजेट मूल्यमा फोरजी फोन

काठमाडौं ।

काठमाडौं, २९ कात्तिक । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले क्यानभास ब्लेज फोरजी को नयाँ भर्सनको स्मार्टफोन ल्याएको छ । कम्पनीले माइक्रोम्याक्स क्यानभास ब्लेज फोरजी प्लस फोन आफ्नो वेबसाइटमा लिस्ट गरेको छ ।

माइक्रोम्याक्स क्यानभास ब्लेज फोरजी प्लस स्मार्टफोन वेबसाइटमा लिस्ट भएपनि यो फोनको मूल्य र कहिलेदेखि उपलब्ध हुन्छ भन्ने कुनै जानकारी छैन् ।

माइक्रोम्याक्स क्यानभास ब्लेज फोरजी प्लसको सबैभन्दा मुख्य विषय भनेको यो फोनले फोरजी एलटिई नेटवर्क सपोर्ट गर्दछ । कम्पनीकाअनुसार यो स्मार्टफोनले १५० एमबीपीएस सम्मको डाउनलोड स्पीड सपोर्ट गर्दछ ।

यो स्मार्टफोनमा क्यानभास ब्लेज फोरजी प्लसमा ४.५ इन्चको आईपीएस डिस्प्ले रहेको छ जसको रिजोल्यूशन ४८०X८५४ पिक्सेल रहेको छ ।

माइक्रोम्याक्सको नयाँ फोनमा १ जीबीको र्याम राखिएको छ भने ८ जीबीको इन्टरनल मेमोरी राखिएको छ जसलाई माइक्रो एसडी कार्डद्धारा बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

फोनमा दुई सिम प्रयोग गर्न सकिन्छ भने एन्ड्रोयडको ललीपप ५.१ भर्सनको अपरेटिंग सिस्टममा आधारित रहेको छ । यो फोनमा फोरजीसहित थ्रीजी, वाईफाई, ब्लूटूथ तथा माइक्रोम्याक्स यूएसबी कनेक्टिभिटी फीचर रहेको छ ।

माइक्रोम्याक्स क्यानभास ब्लेज फोरजी फोनमा एलईडी फ्ल्याशसहितको ८ मेगापिक्सेलको अटोफोकश रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा तोकिएको छ । micromax-canvas_blaze_2१.१ गीगाहर्जको क्वाड-कोर क्वालकम स्न्यापड्रयागन २१० मिडिया टेक एमटी ६७३५ एम प्रोसेसर राखिएको छ भने यसमा १७५० एमएएचको ब्याट्री रहेको छ ।

मध्यम श्रेणीको बजेट फोनको जस्तै फीचर रहेको यो फोनको मूल्य र उपलब्धताको बारेमा चाँडै नयाँ जानकारी आउने संभावना रहेको छ ।

यो फोन ब्ल्याक कलरमा बजारमा आउन सक्ने र यसको मुल्य ६ हजारदेखि ७ हजार भारुसम्म हुने अनुमान गरिएकोछ  ।

easy care

प्रकाशित: २९ कार्तिक २०७२, आईतवार

ताजा समाचार