सामसुंगको नयाँ भर्च्यूअल रियालिटी ग्लास ‘गियर भिआर’ आउँदै

Technology Khabar ८ आश्विन २०७२, शुक्रबार

सामसुंगको नयाँ  भर्च्यूअल रियालिटी ग्लास ‘गियर भिआर’ आउँदै

काठमाडौं ।

काठमाडौं, ८ असोज । इलेक्ट्रोनिक्स डिभाइस मेकर कम्पनी सामसुंग र ओकुलसले कन्ज्यूमर भर्सनको नयाँ गियर भिआर ग्लास (Gear VR Glass) घोषणा गरेको छ । कम्पनीले ल्याएको नयाँ भर्च्यूअल रिआलिटी ग्लास सामसुंगका स्मार्टफोनहरु ग्यालेक्सी नोट फाइभ, एस सिक्स, एज तथा एज प्लसका साथमा काम गर्दछ ।

सामसुंले नयाँ मोडलको गियर भिआर यसअघिको इनोभेटर एडिशन (Innovator Edition) भन्दा २२ प्रतिशत हलुका भएको बताएको छ, साथै यो प्रयोग गर्न आरामदायी पनि रहेको कम्पनीले जानकारी दियो ।screen-shot

सामसुंगको नयाँ गियर भिआर सबैभन्दा पहिले अमेरिकामा नोभेम्बर मध्यमा सार्वजनिक हुनेछ । यो डिभाइस फ्रोस्ट ह्वाइट (Frost White) कलरमा आउनेछ भने यसको मूल्य ९९ अमेरिकी डलर तोकिएको छ ओकुलसले बताएको छ । अमेरिकामा सार्वजनिक भएपछि मात्र अन्य ४० भन्दा बढि मुलुकहरुमा सार्वजनिक हुनेछ ।

यसअघि सामसुंगले पहिलो गियर भिआरको पहिलो संस्करण गत वर्षको सेप्टेम्बरमा सार्वजनिक गरेको थियो ।

ओकुलसले यसका साथै भर्च्यूअल रियालीटी प्रोडक्सका लागि नयाँ कन्टेन्टको पनि घोषणा गरेको छ । यसमा गेम डेपलपरर्स तथा मूभी प्रोड्यूसर्ससँग पनि नयाँ सम्झौता गरिएको छ । आगामी साताहरुमा ओकुलस सिनेमा सर्भिसको नाम परिवर्तन गरेर ओकुलस भिडियो नामाकरण गरिँदै १०० भन्दा बढि नयाँ फिल्महरु राखिनेछ ।Gear VR

गेमिंग नेटवर्क ट्विच तथा भिडियो साईट भिमिओ, हुलु तथा टेनफ्लिक्ससहित अन्य नयाँ सहकर्मीहरुले पनि ओकुलसको लागि एप्स विकास गरिरहेका छन् ।

ओकुलसले आफैंपनि ओकुलस रेडि भन्ने प्रोग्राम विकास गरिरहेको छ, जसले भिआर ग्लाससँग इन्टरयाक्ट गर्ने हार्डवेयरलाई सिग्नल प्रदान गर्दछ । यसको पहिलो उत्पादन असुस, डेल तथा एलियनवेयरजस्ता कम्पनीहरुले आगामी वर्षको शुरुवातमा गर्ने अपेक्षा गरिएको छ ।

easy care

प्रकाशित: ८ आश्विन २०७२, शुक्रबार

ताजा समाचार